• २०८१ बैशाख १५ शनिबार

सार्वजनिक सम्पत्ति संरक्षण गर्नु चुनौतीपूर्ण : मन्त्री पोखरेल

kharibot

काठमाडौँ । रक्षामन्त्री ईश्वर पोखरेलले सार्वजनिक जग्गा सुरक्षा गर्ने काम चुनौतीपूर्ण भएकाले महानगरको प्राथमिक योजनामा हुनुपर्ने बताएका छन् । 

काठमाडौँ महानगरपालिकाले आज यहाँ आयोजना गरेको कार्यक्रममा वडा नंं ४ स्थित शंखपार्कको प्रस्तावित गुरुयोजनाबारे छलफल कार्यक्रममा उनले स्थानीयवासीको चासोलाई ध्यानमा राखी शंखपार्कलाई बहुविशेषतायुक्त बनाइनुपर्ने बताए । 

कामपाका प्रमुख विद्यासुन्दर शाक्यले नयाँ निर्माण गर्ने र टिकाउने योजना लिएर कामपा अघि बढेको भन्दै सार्वजनिक जग्गा संरक्षण गर्नु सबैको समान दायित्व रहेको बताए । 

कार्यक्रममा पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहालले पार्कलाई अत्याधुनिक बनाउन उपकरणसहितको खुल्ला जिम र साइकल ट्र्याक बनाउन सुझाव दिए । 

कामपा वडा नं ४ का वडाध्यक्ष मोहन विष्टले पार्कको प्रयोग गर्दा हल्ला भयो भन्ने छिमेकीबाट उजुरी आएको कुरा उल्लेख गर्दै, शहरी आचरण मापदण्ड र यसको पालनामा आफूले काम गर्ने बताए । 

कामपा वडा नं ४, धुम्बाराहीमा चक्रपथसँगै जोडिएको शंखपार्क २२ रोपनी क्षेत्रफलमा फैलिएको छ । यो पार्क विसं २०४३ सालमा पञ्चायत रजत जयन्ती पार्कका रुपमा निर्माण गरिएको हो । २०४६ सालमा प्रजातन्त्र पुनःस्थापनापछि पार्कको नाम शंखपार्कका रुपमा पुनः नामाकरण गरिएको हो । हाल पार्कमा दैनिक औसत ५०० व्यक्ति घुम्न आउँछन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै