• २०८१ बैशाख १४ शुक्रबार

कैलाली घटनाको विरोधमा एक घण्टे प्रदर्शन    

kharibot

काठमाडौँ । अनेरास्ववियु आरआर क्याम्पस कमिटीद्धारा कैलालीमा बोक्सी भनि ६ घण्टासम्म कुटपिट गरिएको घटनाको विरोधमा एक घण्टा प्रदर्शन गरेको छ । 

गत २४ गते कैलालीमा भएको घटनाको बिरोधमा आइतबार आरआर क्याम्पस अगाडी बिद्यार्धीहरुले बिरोध प्रदर्शन गरेका हुन् । 

एक घण्टे बिरोध पछि कोण सभामा अनेरास्वबियु आरआर क्याम्पस कमिटीका अध्यक्ष श्रीकृष्ण उप्रती र स्ववीयु सचिव  नारायण शर्माले सम्बोधन गरे । अनेरास्ववीयुका अध्यक्ष उप्रेतीले दिनदिनै बढ्दै गएको महिला हिंसाजन्य घटनाको बिरुद्धमा आफुहरु सडकमा उत्रन बाध्य भएको बताउदै, घटनाका दोषीलाई कारबाहि नगरे चरणबद्ध आन्दोलन गर्ने चेतावनी दिएका छन् । 

मुद्धा फिर्ता गर्न दबाब दिने जो कोहिलाई कारबाहिको दायरामा ल्याउनु पर्ने र भ्रष्ट प्रहरी, मेयर र रमीते सबैलाई कारबाहि गर्नुपर्नेमा उनले जोड दिए ।  दिनानुदिन भैरहेका बलात्कार लगाएतका जघन्य अपराध बिरुद्ध कडा कानुनको मागगर्दै यस्ता अपराधिलाई सजाय हुनुपर्नेमा उनले जोड दिए  ।

त्यस्तै सचिव शर्माले  घटनाको घोर भर्सना गर्दै दोषीलाई कारबाहिको मागसहित अपराधिक गतीविधि गर्नेलाई छोड्न नहुने बताए।
     
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै