• २०८१ बैशाख १५ शनिबार

के चिसो पानीले नुहाउदा फाइदा हुन्छ ?

kharibot

काठमाडौँ । सधै चिसो पानीले नुहाउनु अर्थात् कोल्ड सावर लिन शरिरको लागि लाभदायी हुने देखिएको छ । 

चिसो पानीमा नुहाउदा तपाईको बानीमा सकारात्मक सुधार आउने एक अध्ययनले देखाएको छ । यसका फाइदाहरुमा रक्त संचार राम्रो हुन्छ , तनाव कम हुन्छ, उत्साह र जागरुपतामा बृद्धि हुने जस्ता रहेका छन्  । 

सधै बिहान उठेर चिसो पानीले नुहाउने बानीले तनाव र चिन्ता कम गराउन मदत गर्छ । बोसो कम गर्न र मांसपेशीलाई मर्मत गर्नका  साथै व्यायम पनि गर्दा मांसपेशीहरुलाई मजबुद बनाउन सहयोग गर्दछ । 

यो एक स्पष्ट तथ्य हो की चिसो पानीले हाम्रो छालामा छुदा झनझनावट हुन्छ तर शरीरको तनावमा यसले यस्तो प्रतिक्रिया दिन्छ जसले दिलको धड्कन र रक्तसंचार बढ्दछ ।  

अर्को तिर घरेलु स्तरमा पनि चिसो पानीले नुहाउनु सुरक्षित मानिन्छ । चिसोपानीले शरिरलाई कुनै नोक्शान पुर्याउदैन् । तर धेरै बिरामी बुढापाकाको लागि भने असर गर्न सक्छ । 

तनाव र चिन्ता

विशेषज्ञले भनेका छन यद्यपि कसैलाई कोल्ड शावरले चिन्ता र तनावको समस्या कम गराउन सहयोग गर्छ । चिसो पानीले नुहाउदा शरिरको हानिकारक रसायन तथा हर्मोन शरिरबाट बाहिर निश्कन्छ र व्यक्तिको तनाव कम महशुस हुन्छ । 

प्रतिरक्षा प्रणालीको लागि 

२०१६ को प्लस वान नामक पत्रिकामा एक अध्ययन छापिएको थियो जसमा कोल्ड सावर को स्वास्थमा पर्ने प्रभाव बताएको थियो । अध्ययन अनुसार ९० दिनसम्म  दैनिक लगातार चिसो पानीले नुहाएर गरिएको अध्ययनबाट २९ प्रतिशत मानिसमा सकारात्मक असर पारेको पत्ता लागेको थियो । 

अध्ययनको क्रममा यी मानिसले तातो पानीले सामान्य सावरको अन्तमा उनीहरुले ३०, ६० र ९० सेकेन्डको अवधीको लागि चिसो पानीले नुहाउन भनिएको थियो । 

सोधकर्ताले कोल्ड सावर लिनाले कुनै फ्लु नहुने,  यसको कुनै नकारात्मक असर नपर्ने पत्ता लगाएका थिए र धेरै बेरसम्म नुहाउदा पनि यसको असर पदैन् ।
चिसो पानीले नुहाउदाको खास फाइदा त उनीहरुमा उर्जा बढि भएको महशुस गरेका थिए । 

चिसो पानीले नुहाउनाले व्यायमपछि हुने दुखाइमा आरम दिने पाइएको थियो । तर यसले काम गर्छ गर्दैन भन्ने वैज्ञानिक प्रमाण छैन् ।  

केही अध्ययनले स्वास्थ्यमा सुधार आउने बताए पनि केही अध्ययनले भने मांसपेशीको अनुकुलन गराउने क्षमतामा कमी ल्याउने बताएका छन् । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै