• २०८१ बैशाख १६ आइतबार

पानामा प्रकरणमा दोषी पाइएका पाकिस्तानी प्रधानमन्त्रीले राजीनामा दिए

kharibot

पाकिस्तानी प्रधानमन्त्रीले पदबाट राजीनामा दिएका छन् । सर्वोच्च अदालतले पानामा लिक्स प्रकरणमा दोषी ठहर गरेसँगै प्रधानमन्त्री शरीफले प्रधानमन्त्री पदबाट शुक्रबार राजीनामा दिएका हुन् ।

सन् २०१५ मा पानामा पेपर्सले उनी र उनको परिवारको अकूत सम्पत्ति रहेको रहस्य खोलिदिएपछि विवादित बनेका शरीफ छानबिनका क्रममा दोषी पाइएको अदालतले किटान गरेसँगै अब कहिल्यै प्रधानमन्त्री बन्न नपाउने गरी पदमुक्त भएको एजेन्सीहरुले उल्लेख गरेका छन् । यद्यपि शरीफले भने उक्त प्रकरणबारे अस्वीकार गर्दै आएका छन् । पाँच न्यायाधीशको इजलासले शरीफलाई दोषी किटान गरेको हो ।

आज विज्ञप्ति जारी गर्दै शरीफको कार्यालयले प्रधानमन्त्री पदबाट शरीफले राजीनामा दिएको उल्लेख गरेको छ । योसँगै राजधानी इस्लामावादको सुरक्षा कडा पारिएको छ भने हजारौँ प्रहरी परिचालन गरिएको छ । दोषी ठहर गर्नेमध्येका एक न्यायाधीश इजाज अफजल खानले अब मन्त्रिपरिषदमा शरीफको वैधानिकता नरहने बताए ।

यस्तै पाकिस्तानी गृहमन्त्री चौधरी निसार अलि खानले शुक्रबारको अदालतको फैसलालाई सम्मान गर्न शरीफलाई आग्रह गरे । शरीफ, उनकी छोरी मार्याम र उनको श्रीमान् सफदार, अर्थमन्त्री इशाक दार र थुप्रै अरुविरुद्ध पाकिस्तानको सर्वोच्च अदालतले फैसला सुनाएको हो । यद्यपि अन्तिम फैसला भने छ महिनापछि हुनेछ ।

 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै