• २०८१ बैशाख १४ शुक्रबार

सेञ्चुरी बैकको खुद मुनाफा ४४ करोड ७४ लाख 

kharibot

काठमाडौ । सेञ्चुरी कर्मसियल बैंकले आर्थिक बर्ष २०७३—०७४ को चौथौ त्रैमासिक अवधिमा ४४ करोड ७४ लाख ९९ हजार रुपैयाँ खुद मुनाफा कमाएको छ ।

बैकले आज सोमबार सार्वजनिक गरेको अपरिष्कृत बित्तीय बिवरण अनुसार अघिल्लो आवको सोही अवधिमा यस्तो नाफा ४१ करोड ३५ लाख ३४ हजार रुपैयाँ रहेको थियो । 

हाल चुक्ता पुंजी पाँच अर्ब ४६ करोड छ लाख २९ हजार रुपैयाँ रहेको बैकले आर्थिक बर्ष २०७३—०७४ को चौथौ त्रैमासिक अवधिमा ४२ अर्ब ५९ करोड ३६ लाख ५४ हजार रुपैयाँ निक्षेप संकलन गरी ३९ अर्ब ५० करोड ७७ लाख ८४ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

घरजग्गा क्षेत्रमा तीन अर्ब छ करोड ३६ लाख ११ हजार रुपैयाँ कर्जा प्र्रवाह गरेको बैकले उक्त अवधिमा एक अर्ब १३ करोड ९६ लाख ६७ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको छ ।

प्रोभिजन रकम १७ करोड ७३ लाख रुपैयाँ रहेको बैकको राईट व्याक रकम तीन करोड ९१ लाख एक हजार रुपैयाँ रहेको छ भने निष्क्रिय कर्जाको अनुपात एक दसमलव १५ प्रतिसत रहेको छ ।

अघिल्लो आवको सोही अवधिमा भने बैंकले २८ अर्ब ९६ करोड ७८ लाख ४७ हजार रुपैयाँ निक्षेप संकलन गरी २५ अर्ब आठ करोड ४१ लाख रुपैयाँ कर्जा प्रवाह गरेको थियो । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै