• २०८१ बैशाख १५ शनिबार

इम्बोस्ड नम्बर प्लेट सरकारीलाई अनिवार्य, निजीलाई ऐच्छिक 

kharibot

काठमाडौँ ।  सवारी साधानमा इम्बोस्ड नम्बर प्लेटको आजदेखि औपचारीक रूपमा सुरु भएको छ । 

भौतिक पुर्वाधार तथा यातायात मन्त्री वीरबहादुर बलायरले यातायात व्यवस्था विभागमा सोमबार आयोजित एक कार्यक्रममा इम्बोस्ड नम्बर प्लेटको औपचारिक सुरुवात गरेका छन् ।
इम्बोस्ड नम्बर प्लेटको सुरवात गर्दै मन्त्री बलायरले नेपालको यातायात व्यवस्थामा कोशेढुंगा पार गरेको बताएका छन् ।

यातायात व्यवस्था विभागका अनुसार तत्कालको लागि सरकारी गाडीलाई अनिवार्य गरिएको तर सर्वसाधारणका लागि भने अनिवार्य गरिएको छैन । विभागका अनुसार बागमती अञ्चल कार्यालयमा दर्ता भएका सवारीधनीले भने ऐच्छिक रूपमा लिन भने पाउने छन् ।

विभागले कार्यतालिका बनाएर सबैतिर र सबैलाई इम्बोस्ड प्लेट राख्न लगाउने तयारी गरिरहेको विभागका प्रवक्ता टोकराज पाण्डेले जानकारी दिएका छन् । इम्बोस्ड नम्बर प्लेटले नेपालमा हाल प्रयोग भइरहेका २३ प्रकारका नम्बर प्लेटलाई ५ प्रकारमा झर्ने भएको छ ।

बिभागका अनुसार अबदेखि राष्ट्रपतिको सवारीमा नेपालको झण्डा, झण्डामूनी माथिबाट हल्का निलो रङहुँदै तल गाढा निलो रङ, एनइपी अक्षर, एनइपी अक्षर मुनी लालिगुराँससहितको नेपालको निसान छाप हुने भएको छ ।

त्यस्तै सार्वजनिक सवारीमा पहेलो प्लेटमा कालो, निजी सवारीमा सेतो प्लेटमा कालो अक्षर, सरकारीमा सेतो प्लेटमा रातो अक्षर, कुटनीतिकमा सेतो प्लेटमा निलो अक्षर रहने कानुनी व्यवस्था रहेको छ । त्यस्तै सबै प्रकारका सवारी साधनहरुको नम्बर प्लेट अगाडि लामो र पछाडि चर्तुभुज आकारको हुनेछ।

इम्बोस्ड नम्बर प्ले राख्न कति लाग्छ खर्च ? 

यातायात व्यवस्था विभागका अनुसार इम्बोस्ड नम्बर प्लेट राख्नलाई मोटरसाइकललाई २५ सय, तीन पांग्रे सवारीलाई २९ सय, चारपांग्रे सवारीलाई ३२ सय र हेभी सवारीलाई ३६ सय रुपैयाँ लाग्ने भएको छ । सवारी धनीले फारम भर्नुभन्दा पहिलो इम्बोस्ड नम्बर प्लेटका लागि राष्ट्रिय वाणिज्य बैंकको विभागको खातामा रकम दाखिला गर्नुपर्ने बताइएको छ । 

इम्बोस्ड नम्बर प्लेट राख्ने प्रक्रिया कस्तो छ ?

यातायात व्यवस्था विभागले दिएको जानकारी अनुसार ‘इम्बोस्ट नम्बर प्लेट’ राख्नको लागि कुनै पनि सवारी धनी एकपटकमात्र विभागमा जानुपर्छ । त्यो भन्दा पहिलाका चरणमा अनलाइनबाटै गर्न सक्छन् ।

सबैभन्दा पहिला विभागको समय तालिका अनुसार सवारीधनीले ‘इम्बोस्ट नम्बर प्लेट’ जडानको लागि अनलाईन आबेदन भर्नुपर्ने हुन्छ । सवारीको सम्पूर्ण आवस्यक विवरणसहित उक्त आवेदन भरीसकेपछि निर्धारित रकम राष्ट्रिष्य वाणिज्य बैंकको खातामा जम्मा गरेको भौचर नम्बरसहित पोष्ट गर्नुपर्छ ।

उक्त आवेदन विभागको सिस्टममा आएपछि बिभागले ‘इम्बोस्ट नम्बर प्लेट’ उत्पादक डेकाटुर टाइगरलाई पठाउनेछ । उत्पादक कम्पनीले विभागबाट आएको विवरण अनुसारको प्लेटमा रहेको आरएफआईडी (रेडियो फ्रिक्वेन्सी आइडेन्टीफिकेसन) चिप्ससहितको स्टिकरमा सबै विवरण राखेर विभागमा पठाउँछ ।

त्यसरी तयार भएको नम्बर प्लेटमा उल्लेख भएको विवरणमा सवारीधनीको फोन नम्बर पनि हुन्छ उक्त नम्बरमा प्लेट तयार भएको र जडान गर्न आउन सम्बन्धित धनीलाई म्यासेज जान्छ। त्यसपछि विभाग वा तोकिएको स्थानमा गएर जडान गर्न सकिने विभागले जानकारी दिएको छ ।

 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै