कपिलवस्तु । अखिल नेपाल राष्टिय स्वतन्त्र बिद्यार्थी युनियन कपिलबस्तुको २४औ जिल्ला कमिटीको पहिलो बैठक सम्पन्न भएको छ ।
माघ १६ गते गठन भएको अनेरास्ववियुको पहिलो बैठकले जिल्ला कमिटीलाई पुर्णता दिएको छ । माघ १६ गते जिल्ला कमिटीको अध्यक्षमा बाबुराम अर्याल रहने गरि ३२ सदस्यीय जिल्ला कमिटी गठन गरिएको थियो ।
जसको उपाध्यक्ष सागर घिमिरे, उज्वल अधिकारी सचिव, अन्जित खनाल कोषध्यक्ष सह सचिवमा इन्दिरा पौडेल,सन्दिप आर्चाय प्रदिप खनाल हुने गरि जिल्ला कमिटीलाई पुर्णता दिएको हो ।
कार्यक्रममा बोल्दै अनेरास्ववियुका केन्द्रिय सदस्य तथा जिल्ला इन्चार्ज टुकलाल गैरेले अनेरास्ववियुले अब हरेक क्याम्पसमा रहेका कमिटीहरुलाई चलायमान गराउनु पर्ने बताए । उनले अघिल्लो कार्यकाल सफलता पुर्वक सम्पन्न भएको र यो कार्यकाल अझ सफल हुनुपर्ने बताए ।
यस्तै नेकपा एमालेका जिल्ला अध्यक्ष झबिलाल पोख्रेलले काम गर्ने क्रममा कसैले पनि एक अर्काप्रति बिश्वास गर्दै काम बताए । काम गर्ने समयमा धेरै बाधा आउने गरेपनि आफ्नो कामलाई निरन्तरता दिनुपर्ने बताउदै अनेरनस्ववियुका बिद्यार्थीहरु पनि भोली देश सम्हाल्ले ठाउँमा पुग्ने भएकोले आफ्नो काम र र्कतब्यप्रति सधै लागी पर्नुपर्ने बताए । कार्यक्रममा प्रमुख अतिथीको रुपमा रहेका पोख्रेलले ३२ जना जिल्ला कमिटीका सदस्यलाई शपथ खुवाएका थिए ।