अनेरास्ववियु कपिलवस्तुको पहिलो बैठक सम्पन्न

खरीबोट
ad

कपिलवस्तु । अखिल नेपाल राष्टिय स्वतन्त्र बिद्यार्थी युनियन कपिलबस्तुको २४औ जिल्ला कमिटीको पहिलो बैठक सम्पन्न भएको छ ।

माघ १६ गते गठन भएको अनेरास्ववियुको पहिलो बैठकले जिल्ला कमिटीलाई पुर्णता दिएको छ । माघ १६ गते जिल्ला कमिटीको अध्यक्षमा बाबुराम अर्याल रहने गरि ३२ सदस्यीय जिल्ला कमिटी गठन गरिएको थियो ।

जसको उपाध्यक्ष सागर घिमिरे, उज्वल अधिकारी सचिव, अन्जित खनाल कोषध्यक्ष सह सचिवमा इन्दिरा पौडेल,सन्दिप आर्चाय प्रदिप खनाल हुने गरि जिल्ला कमिटीलाई पुर्णता दिएको हो ।

कार्यक्रममा बोल्दै अनेरास्ववियुका केन्द्रिय सदस्य तथा जिल्ला इन्चार्ज टुकलाल गैरेले अनेरास्ववियुले अब हरेक क्याम्पसमा रहेका कमिटीहरुलाई चलायमान गराउनु पर्ने बताए । उनले अघिल्लो कार्यकाल सफलता पुर्वक सम्पन्न भएको र यो कार्यकाल अझ सफल हुनुपर्ने बताए ।

यस्तै नेकपा एमालेका जिल्ला अध्यक्ष झबिलाल पोख्रेलले काम गर्ने क्रममा कसैले पनि एक अर्काप्रति बिश्वास गर्दै काम बताए । काम गर्ने समयमा धेरै बाधा आउने गरेपनि आफ्नो कामलाई निरन्तरता दिनुपर्ने बताउदै अनेरनस्ववियुका बिद्यार्थीहरु पनि भोली देश सम्हाल्ले ठाउँमा पुग्ने भएकोले आफ्नो काम र र्कतब्यप्रति सधै लागी पर्नुपर्ने बताए । कार्यक्रममा प्रमुख अतिथीको रुपमा रहेका पोख्रेलले ३२ जना जिल्ला कमिटीका सदस्यलाई शपथ खुवाएका थिए ।  

सम्बन्धित समाचार

एमाले-माओवादी एकीकरण हुने भएपछि अनेरास्ववियुको केन्द्रीय समिति बैठक स्थगित

काठमाडौँ । एमालेको विद्यार्थी संगठन अनेरास्ववियुको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । एमाले र माओवादी केन्द्रबीच आज एकता घोषणा हुने भएपछि जेठ ४ र ५ गतेलाई बोलाइएको केन्द्रीय समितिको बैठक

अनेरास्ववियु केन्द्रीय कमिटीको बैठक काठमाडौँमा हुने

काठमाडौँ ।  अनेरास्ववियुको केन्द्रीय कमिटीको बैठक आगामी जेठ ४ र ५ गते काठमाडौँमा हुने भएको छ ।  प्रधानमन्त्री केपी शर्मा ओलीले कीर्तिपुरमा जेठ ४ गते उद्घाटन गर्नुहुने भनिएको उक्त बैठकले अध्यक्ष नवीना लामालाई

एमाले निकट अनेरास्ववियुको केन्द्रिय कमिटी बैठक जेठ ४ र ५ गते

काठमाडौँ ।  नेकपा एमाले निकट अनेरास्ववियुको केन्द्रिय कमिटी बैठक आगामी जेठ ४ र ५ गते बोलाएको छ ।  लामो समयदेखि बैठक बस्न नसकेकोमा समसामयिक विषयमा छलफल गर्नका लागि चौथो बैठक बोलाइएको अनेरास्ववियुका महासचिव ऐन

अबको दश दिन भित्र अनेरास्ववियुले नयाँ नेतृत्व पाउँछ : महासचिव महर

काठमाडौं । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को नयाँ नेतृत्वमा बर्तमान महासचिव ऐन महर आउने भएका छन् । अहिलेको कार्यसमितीको कार्यकाल सकिइसकेको र अनेरास्ववियुकी अध्यक्ष नविना लामा प्रतिनिधिसभाको सांसद