• २०८१ बैशाख १५ शनिबार

क्रियापुत्री बसेको घर आगलागीले सखाप

kharibot

ताप्लेजुङ ।  ताप्लेजुङको फुङलिङ नगरपालिका–७, ऐश्वर्यचोकमा आज बिहान आगलागीबाट एक घर जलेर नष्ट भएको छ । 

स्थानीय दिवाकर भट्टराईको घरमा आगलागी भएको हो । आगलागीका कारण झण्डै रु आठ लाख मूल्य बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको जिल्ला प्रहरी कार्यालय, ताप्लेजुङले जनाएको छ । 

बेलुकी करिब ११ बजे खाना खाएर सुतेको र बिहान ३ बजे अचानक आगलागी भएको आगलागी पीडित उदय भट्टराईले बताए  । 

आगलागीले मानवीय क्षति भने नभएको बताइएको छ । आगलागी नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयको सक्रियतामा विहान ४ः३० बजे नियन्त्रणमा आएको थियो । आगलागी पीडित भट्टराई आफ्नो बुबाको क्रियापुत्री बस्नुभएको बताइएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै