• २०८१ बैशाख १५ शनिबार

एनएमबि बैंकको अनलाइन इन्स्योरेन्स सेवा सुरु

kharibot

काठमाडौं । एनएमबी बैंकले सिङ्गापुरको अनलाइन प्रविधिमा आधारित बीमा सेवा एनएमबी–(आई)न्सुरेन्स सेवा सुरु गरेको छ । बैंकिङ क्षेत्रमै पहिलोपल्ट सेवाको सुरु गरिएको बैंकले जनाएको छ । 

यो सेवाको सुरुसँगै अब एनएमबी बैंकमा खाता भएका वा नभएका जोसुकै गा्रहकले इन्स्योरेन्स सेवा लिन चाहेमा बैंकको वेबसाइट वा मोबाइल बैंकिङ एप्लिकेशनबाट आफ्नो आवश्यकताअनुसार विभिन्न कम्पनीहरुको बीमा योजना तथा त्यसका फाइदाहरु तुलना गरेर आफूले रुचाएको योजना खरिद गर्न सक्नेछन् ।

सेवाको सुरुवात गर्दै एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले भने, “यस सेवाले ग्राहकलाई कसैको प्रभावमा नपरी स्वतन्त्र रुपमा आफ्नो आवश्यकताअनुसार विभिन्न कम्पनीहरुको बीमा योजना सजिलैसँग तुलना गरेर खरिद गर्न सहयोग गर्नुको साथै बैंकलाई डिजिटल बैंकिङ सेवामा अग्र स्थानमा पु¥याउन मद्दत गर्दछ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै