• २०८१ बैशाख १४ शुक्रबार

राष्ट्र बैंकले सोमबार ११ सय ९० करोडको ट्रेजरी बिक्री गर्ने 

kharibot

काठमाडौं । नेपाल राष्ट्र बैंकले भोलि सोमबार ११ सय ९० करोड करोड ५० लाख रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । जारी मिती फागुुन २२ गते मंगलबार तोकिएको उक्त ट्रेजरी खरिद गर्नको लागि भोलि अपरान्ह तीन बजेसम्म आवेदन दिनुपर्ने राष्ट्र बैंकले जानकारी दिएको छ । 

राष्ट्र बैकका अनुसार बिक्री गरिने कुुल ट्रेजरीमध्येमा २८ दिने अवधिको तीन सय २५ करोड, ९१ दिने अवधिको तीन सय १३ करोड र एक सय ८२ दिने अवधिको पाँच सय ५२ करोड रुपैयाँ रहेको छ । 
यसमध्ये २८ दिने अवधिको परिपक्व हुुने अवधि चैत २० गते, ९१ दिने ट्रेजरीको परिपक्व हुुने अवधि २०७५ जेठ २२ गते र एक सय ८२ दिने ट्रेजरीको परिपक्व हुने अवधि २०७५ भदौ १९ गते तोकिएको राष्ट्र बैंकले जानकारी दिएको छ । 

यसअघि फागुन १४ गते पनि २८ दिने अवधिको तीन सय करोड र ९१ दिने अवधिको दुुई सय २३ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गरिएको राष्ट्र बैंकले जानकारी दिएको छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै