• २०८१ बैशाख १५ शनिबार

नेपाल इन्भेष्टमेन्ट बैंकको भैरहवा शाखा स्थानान्तरण

kharibot

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंक लि.ले रुपन्देही सिदार्थनगर नगरपालिका वडा न. ५ अवस्थित नेपाल इन्भेष्टमेण्ट बैंक लि.को भैरहवा शाखा कार्यालयलाई सोही नगरपालिकाको नारायणपथस्थित आफ्नै नवनिर्मित भवनमा स्थानान्तरण गरेको छ । स्थानीय मागअनुसार कारोबार गर्ने स्थान सानो भएकाले आवश्यकता पूर्तिका लागि बैंकले सुविधासम्पन्न भवन निर्माण गरी शाखा सारेको हो । 

बैंकले हाल ६६ वटा (नारायणगढ र पर्सा शाखा स्थानान्तरनको प्रक्रियासहित) शाखामार्फत बैंकिङ सेवा दिइरहेको छ । बैंकले ग्रामिण क्षेत्रका ग्राहक सेवालाई ध्यानमा राखी प्रदेश अनुसार वित्तीय संजाल नपुगेका क्षेत्रमा शाखा विस्तार गर्ने योजना अनुसार शाखा विस्तारको अभियानलाई निरन्तरता दिएको छ ।

हाल प्रदेश नम्वर १ मा ८ वटा, प्रदेश नम्वर २ मा ६ वटा, प्रदेश नम्वर ३ मा ३१ वटा, प्रदेश नम्वर ४ मा ५ वटा, प्रदेश नम्वर ५ मा ८ वटा, प्रदेश नम्वर ६ मा ४ वटा र प्रदेश नम्वर ७ मा ४ वटा शाखा पुगेको छ । साथै बैंकले यसै आर्थिक वर्षमा देशका विभिन्न सुगम तथा दुर्गम क्षेत्रमा थप शाखा खोली ग्राहक संजाललाई अझ विस्तार गर्ने योजना बनाएको छ ।

आठ लाखभन्दा बढी उपभोक्ता रहेको बैंकले हाल ९८ वटा एटिएमबाट सेवा प्रदान गर्दै आएको छ । ५ लाख ५० हजारभन्दा बढी भिसा डेबिट कार्ड प्रयोगकर्ता रहेको नेपाल इन्भेष्टमेण्ट बैंक लि.को ६३ वटा शाखारहित बैंकिङ सुविधाका साथै ३०० बढी भिसा तथा एनपिएन सदस्य बैंकका एटिएम रहेको छ ।

निजि क्षेत्रमा सर्वाधिक चुक्ता पुँजी १०.६२ अर्ब रुपैयाँ रहेको यस बैंकको हाल निक्षेप रु. १ सय ३० अर्ब रुपैयाँ तथा कूल कर्जा लगानी रु. १ सय १४ अर्ब रुपैयाँ पुगेको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै