• २०८१ बैशाख १४ शुक्रबार

बर्दिया काँग्रेसको जिल्ला कार्यसमिति विस्तार, को को परे ?

kharibot

बर्दिया(गुलरिया) ।   कांग्रेस जिल्ला कार्यसमिति बर्दियाका सभापति संजय कुमार गौतमले जिल्ला कार्यसमिति विस्तार गरेका छन् ।

जिल्ला सभापति तथा पूर्व सिंचाई मन्त्री एंव प्रतिनिधी सभा सदस्य गौतमले १८ गते २९ कार्यसमितिमा ५ जना थप गरि जम्मा ३४ सदस्सिय कार्यसमिति चयन गरेका छन् । नयाँ मनोनयन भएका कार्यसमितिमा सोदे बिष्ट, भोजराज जोसी, मुलचन्द यादव, विजय दत्त देवकोटा र भागिराम थारु रहेका छन । 

साथै गौतमले सल्लाहकारहरुमा नेपाली कांग्रेस बर्दियाका पूर्व सभापति अरुण प्रकास सिंह राठौर, पूर्व सांसद मंगल प्रसाद थारु र राजापुर नगरपालिका का पूर्व गा.वि.स. अध्यक्ष विनोदध्ज चन्द नियुक्त गरेका छन भने आमन्त्रित जिल्ला सदस्यहरुमा हरिहर गौतम, छविलाल सापकोटा, गोपी पराजुली, ओमजंग शाह, मोहन थारु, सुरेन्द्र बोहरा, मोहनलाल थारु, सविन थापा, शम्भु रिजाल र गोविन्द थारु मनोनितमा भए । 

जिल्ला सभापतिले नेपाली कांग्रेसको विधान अनुसार कार्यसमिति विस्तार गरेको जानकारी नेपाली कांग्रेस बर्दियाका उपसभापति मिश्रीलाल यादवले बताए ।
 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै