• २०८१ बैशाख १४ शुक्रबार

आइएमई डिजिटल र सिद्धार्थ बैंकबीच सम्झौता

kharibot

काठमाडौं । आइएमई समूह द्वारा प्रवद्र्धित ‘आइएमई डिजिटल’ र सिद्धार्थ बैंकबीच ‘ आइएमई पे’ मोबाइल मनीमार्फत विविध मोबाइल वित्तीय सेवा उपलब्ध गराउने सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

आइएमई डिजिटलका तर्फबाट प्रमुख संचालन अधिकृत डेनियल डी श्रेष्ठ र सिद्वार्थ बैंक लिमिटेडको तर्फबाट भुक्तानी विभाग प्रमुख सुरेश महर्जनले बुधवार सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार सिद्वार्थ बैंक लिमिटेड ‘आइएमई डिजिटल’ को बैंकिङ्ग साझेदार संस्था हुनेछ  र बैंकले चाडै नै सेवाग्राहीहरूलाई आइएमई पे वालेटमा बैंक लिङ्क गर्ने लगायत बैंक खाताबाट वालेटमा र वालेटबाट बैंक खातामा रकम जम्मा गर्ने जस्ता सेवाहरू प्रदान गर्नेछ । साथसाथै बैंकका सेवाग्राहीहरुले ‘आइएमई पे’ मा उपलब्ध रिचार्ज र विभिन्न प्रकारका अनलाइन र अफलाइन भुक्तानी सेवाका अतिरिक्त मनी ट्रान्सफर सम्बन्धी सुविधा पनि प्राप्त गर्न सकिने छ ।

नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त आईएमई डिजिटल सोलुसन आईएमई समूह अन्तर्गतको डिजिटल वित्तीय सेवा प्रदायक संस्था हो । यसले व्यक्ति-व्यक्तिका बीचमा हुने सामान्य रकम ट्रान्सफरदेखि लिएर विभिन्न अनलाइन तथा भौतिक स्टोरहरूमा भुक्तानी गर्ने, मोबाइल फोन रिचार्ज गर्ने र घरायासी बिलहरूको भुक्तानी गर्ने सम्मका भुक्तानी कार्यहरूमा सहयोग पुर्याउँछ ।

आईएमई डिजिटलले वित्तीय सेवाहरूको पहुँच सर्वसाधारण सम्म पुर्याउनुका साथै बैंकिङ पहुँच नपुगेका नेपाली जनताका साथै नेपालको वित्तीय समावेशीकरणमा योगदान पुर्याउने लक्ष्य लिएको छ ।

 

 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै