• २०८१ बैशाख १४ शुक्रबार

हाम्रो जिन्दगी पहिला जस्तो कहिल्लै हुने छैन – बोनी कपुर 

kharibot

काठमाडौँ । बलिवुड अभिनेत्री श्रीदेवीको अन्तिम संस्कार पछि उनका पति बोनी कपुरले एक मार्मिक पत्र लेख्दै सार्वजनिक रुपमा अपिल गरेका छन् । 

श्रीदेवीको ट्वीटर एकाउन्टबाट बोनीले सो पत्र सार्वजनिक गर्दै श्रीदेवी उनको जीवनमा के थिइन् र मिडिया र उनका फ्यानलाई एक अपिल पनि गरेका छन् ।

बोनी कपुर लेख्छन् : 

एक साथी, पत्नी र आफ्नो दुइ नौजवान छोरीकी आमा गुमाउनु यस्तो नोकसान हो जसलाई शब्दमा बयान गर्न सकिदैन । 

म आफ्नो परिवार, साथीहरु, सहकर्मी, शुभचिन्तक र श्रीदेवीका असंख्य प्रशंसकसँग आभारी छु, जो चट्टान जस्तै हाम्रो साथमा खडा भए । म सौभाग्यशाली छु कि मेरो साथमा अर्जुन र अंशुला ( पहिली पत्नी मोना कपुरका छोरा छोरी) को सहयोग र प्यार छ , जो म, खुशी र जान्ह्वीका लागि एक मजबुत स्तम्भ बनेर खादा भए । हामीले एक साथ,एक परिवार यस असहनीय घटनाको झेल्ने कोशिश गरेका छौ ।

यस दुनियाँका लागि श्रीदेवी चादनी थिईन् । एक उत्कृष्ट अभिनेत्री, उनकी श्रीदेवी । तर मेरा लागी उनि एक प्रेमिका, साथी र मेरी दुई छोरीकी आमा थिइन् । उ मेरी पार्टनर थिइन् । हाम्रा दुई छोरीका लागि उनी सबथोक थिइन् । उनीहरुको जिन्दगी थिइन् उनी, जसको अगाडी पछाडी हाम्रो परिवार हुन्थ्यो ।

अब हामीले उनलाई अलबिदा गरिरहेका बेला मेरो गम्भीर निवेदन छ । निजी हिसाबले शोक मनाउने हाम्रो यस घडीको सबैले सम्मान गरौ । यदि श्रीदेवीका बारेमा कुरा गर्नु छ भने उनका खास पलका बारेमा जसले सबैलाई उनीसँग जोड्दछ ।उनी एक अभिनेत्री थिइन् र सधै रहनेछिन् । जसको कुनै विकल्प छैन । यसका लागि उनलाई धेरै धेरै सम्मान र प्यार छ । कुनै पनि अभिनेत्रीको जीवन कहिले पनि सकिदैन किनकी उ सधै पर्दामा चम्की रहेकी हुन्छिन् ।

अहिले मेरो एक मात्र चिन्ता आफ्ना दुई छोरीको हेरविचार गर्ने र श्रीदेवी बिना आगाडी बढ्ने बाटो खोज्ने रहेको छ । उनी हामी सबैको जिन्दगी थिइन् । उनी हाम्रो ताकत र हामी सधै मुस्कुराउने कारण थिइन् । हामी सबै उनलाई अति नै माया गर्छौ ।

रेस्ट इन पिस, हाम्रो जिन्दगी पहिला जस्तो कहिल्लै हुने छैन ।   
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै