• २०८१ बैशाख १४ शुक्रबार

पहिलो खेलमा आर्सनलविरुद्ध गोल गर्दै जेसेले स्टोक सिटीलाई जिताए 

kharibot

काठमाडौँ । ईङलिश प्रिमियर लिग अन्तर्गत आर्सनल दोस्रो खेलमा पराजित भएको छ ।

गएराती भएको खेलमा आर्सनल स्टोक सिटीस्नाग १-० गोल अन्तरले पराजित भएको हो ।

हालै पिएसजीबाट लोनमा स्टोक आएका स्पेनिस स्ट्राइकर जेसे रोड्रीगेजले खेलको ४७औ मिनेटमा खेलको एक मात्र गोल गर्दै आर्सनललाई पराजित गरेको हो । 

आर्सनलका प्रशिक्षक आर्सेन वेङगरले भने आफ्नो टिमले गरेको एउटा गोललाई मान्यता नदिइएको र एउटा पेनाल्टी पाउने ठाउँमा पनि नदिइएको भन्दै गुनासो गरेका छन् ।

पहिलो खेलमा विजयी सुरुवात गरेको आर्सनलले लिगको दोस्रो खेलमा पराजित हुनासाथ म्यानेजर आर्सन वेंगरको आलोचना सुरु भएको छ ।    

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै