क्याम्पसलाई नयाँ विश्वविद्यालयमा गाभ्ने निर्णयपछि महेन्द्र विन्देश्वरीमा तालाबन्दी 

खरीबोट
ad

राजविराज । महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पस राजविराजलाई नवस्थापित राजर्षि जनक विश्वविद्यालयमा गाभ्ने सरकारी निर्णायको विरोध गर्दै आजदेखि अनिश्चित तालाबन्दी गरिएको छ । 

नेपाल प्राध्यापक संघ क्याम्पस एकाइ राजविराजको नेतृत्वमा क्याम्पसका प्राध्यापक, शिक्षक तथा कर्मचारीले उक्त निर्णय नसच्याइएको भन्दै आज क्याम्पसको मूलढोकामै तालाबन्दी गरेको क्याम्पसका निर्मल न्यौपानेले बताए । 

विश्वविद्यालयमा जनकपुरको राराव क्याम्पस, सिरहाको सत्यनारायण सूर्यनारायण मरबैता बहुमुखी क्याम्पस र राजविराजको मविव क्याम्पस गाभिएको छ । सो क्याम्पसमा स्थायी, निजी, करार र आंशिक गरी १२१ प्राध्यापक र ४१ कर्मचारी कार्यरत छन् । तालाबन्दी भएपछि पढाइ र दैनिक प्रशासनिक कामसमेत प्रभावित भएको छ । 

रिले अनशन स्थगित 

उन्नाइस दिनदेखि रिले अनशन बसेका तिलाठी कोइलाडी गाउँपालिका– १ तिलाठीका बासिन्दाले रिले अनशन स्थगन गरेका छन् । सप्तरी क्षेत्र २ प्रदेशसभा ‘क’ का सदस्य शैलेन्द्रप्रसाद साहको उपस्थितिमा अनशनमा बसेकालाई जुस खुवाएर सो रिले अनशन स्थगन गरिएको बताइएको छ । 

अवैध गाउँसभा खारेज गर्नुपर्ने, गाउँपालिकाको नाम तथा केन्द्र सार्ने निर्णय सच्याउनुपर्ने, चालु आवको हालसम्मको आयव्यय सार्वजनिक गर्नुपर्ने, प्रमुख प्रशासकीय अधिकृतमाथि छानविन गर्नुपर्नेलगायत विभिन्न मागसहित आन्दोलित स्थानीयवासीले प्रदेशसभा सदस्य तथा विभिन्न व्यक्ति तथा निकायबाट गरिएको आग्रह एवं होलीलाई हेरी हाल रिले अनशन स्थगन गरिएको स्थानीयवासी अवकाशप्राप्त शिक्षक दयाकान्त झाले जानकारी दिए । 

सम्बन्धित समाचार

उखु किसानको धर्ना स्थगित, तालाबन्दी भने यथावत

महोत्तरी । उखु किसानको रकम भुक्तानी दिलाउने मन्त्रीको प्रतिबद्धतापछि महोत्तरीका उखु किसानको धर्ना कार्यक्रम तत्कालका लागि स्थगित भएको छ ।  उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले आइतबार महोत्तरीस्थित एभरेष्ट चिनी उद्योग रामनगरको

आयुर्वेद क्याम्पसमा अनिश्चितकालीन तालाबन्दी

काठमाडौँ ।  प्राज्ञिक विशिष्टता एवं वरिष्ठताका आधारमा क्याम्पस प्रमुखको नियुक्तिको माग राख्दै आइतबार आयुर्वेद क्याम्पसमा स्ववियुले तालाबन्दी गरेको छ ।  गत जेठ ४ गते राखेको १७ बुँदे माग र त्यसै दिन भएको सहमतिअनुसार

कैलालीका निजी विद्यालयमा नेकपा निकट अखिल क्रान्तिकारीद्वारा तालाबन्दी 

धनगढी । नेत्रविक्रम चन्द विप्लप नेतृत्वको नेकपा निकट अखिल क्रान्तिकारीले कैलालीका दर्जनौं संस्थागत निजी विद्यालयमा बिहीबार तालाबन्दी गरेको छ । विभिन्न माग राख्दै क्रान्तिकारिले जिल्लाभरका करीब १ सय विद्यालयमा अनिश्चितकालीन तालाबन्दी

विद्यार्थी संगठनद्वारा शिक्षा विभागमा तालाबन्दी

भक्तपुर । निजी विद्यालयले गरेको चर्को शुल्क वृद्धिविरुद्ध आन्दोलनरत विद्यार्थी संगठनले आज शिक्षा विभागका महानिर्देशकको कार्यकक्षमा तालाबन्दी गरेका छन् ।  शिक्षा विभागले जारी गरेको संस्थागत विद्यालय शुल्क मापदण्ड निर्देशिका २०७२ को