• २०८१ बैशाख १४ शुक्रबार

पाँच वटा बैंकले स्वेत गंगा हाईड्रो पावरमा चार अर्ब भन्दा बढी लगानी गर्ने

kharibot

काठमाडौ । पाँच वटा बैंकले श्वेतगंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लि.–तल्लो लिखु जलविद्युत आयोजना (२८.१मेगावाट) मा चार अर्ब रुपैयाँ भन्दा बढी कर्जा लगानी गर्ने भएकाछन ।

श्वेत गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सनलि. ले रामेछाप र ओखलढुंगा जिल्लाको लिखु खोलामानिर्माण गर्ने २८.१ मेगावाटको तल्लो लिखु जलविद्युत आयोजनाको लागि लक्ष्मी बैंकको अगुवाईमा जम्मा पाँच वटा वाणिज्य बैंक तथा वित्तीय संस्थाहरुले सहवित्तीयरकण अन्तर्गत कर्जा लगानी गर्ने गरी कर्जा सुविधा सम्झौतामा हस्ताक्षर गरेका हुुन ।  उक्त आयोजनाको निर्माण लागत जम्मा रुपैया पाँच अर्ब ५९ करोड रहेको छ ।

श्वेत गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लि. र नेपाल विद्युत प्राधिकरण वीच विद्युत खरिद सम्बन्धि सम्झौता २०७३ सालपौष १४ गते भएको र उक्त आयोजना निर्माणको लागि उर्जा मन्त्रालयबाट २०७२ साल चैत्र २८ गतेका दिन विद्युत उत्पादन अनुम ितप्राप्त गरेको छ । श्वेत गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सनलाई सानिमा ग्रुप तथा डोल्मा इम्प्याक्ट फण्डले संयुक्त रुपमा प्रबद्र्धन गरेको छ ।

बैंक तथा वित्तीय संस्थाहरुले आयोजना लागतको ७५ प्रतिशत अर्थात चार अर्ब १९ करोड र वाँकी २५ प्रतिशत कम्पनीका संस्थापक तथा सर्वसाधारणहरुले लगानी गर्ने छन् । उक्त आयोजनाको लागि लक्ष्मी बैैकले एक अर्ब २४ करोड, कुमारी बैंकले एक अर्ब, सेञ्चुरी कर्मसियल बैंकले ७५ करोड, प्रभुु बैंकले ४० करोड र जलबिद्युुत लगानी तथा बिकास कम्पनीले ८० करोड  रुपैयाँ कर्जा लगानी गर्ने सम्झौता भएको छ ।

उत्पादन क्षमता २८.१ मेगावाट रहेको श्वेत गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सनले झण्डै १७०.८४ गेगावाट आवर विद्युत वार्षिकरुपमा उत्पादन गरी राष्ट्र्रिय प्रसारण लाइनमा जडान गर्ने लक्ष्य राखेको छ र यो आयोजना २०७८ साल मंसिरमा संचालनमा आएपछि स्वतन्त्र उर्जा उत्पादकहरुले उत्पादन गरेको मध्येको एक ठुलो आयोजना हुनेछ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै