• २०८१ बैशाख १४ शुक्रबार

प्रधानमन्त्रीको मुख्य राजनीतिक सल्लाहकारमा रिमाल, १८ मन्त्रालय बनाउने प्रस्ताव पारित

kharibot

काठमाडौँ ।  मन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको मुख्य राजनीतिक सल्लाहकारमा नेकपा (एमाले) का पोलिटब्यूरो सदस्य विष्णु रिमाललाई नियुक्त गर्ने निर्णय गरेको छ । 

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले रिमाललाई मुख्य सल्लाहकारमा नियुक्त गरेको जनसंख्या तथा वातावरण मन्त्री लालबाबु पण्डितले जानकारी दिए । 

बैठकले नेपाल सरकारको कार्य सम्पादन नियमावली संशोधन गरी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित कूल १८ मन्त्रालय रहने पनि निर्णय गरेको छ । 

मन्त्रिपरिषद् बैठकलगत्तै अहिले नेकपा (माओवादी केन्द्र) सँगको एकता र मन्त्रिमण्डल विस्तारका विषयमा छलफल गर्न एमाले स्थायी कमिटीको बैठक शुरु भएको छ । 

बैठकको शुरुमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीको ६७ औँ जन्मदिनका अवसरमा केक काटिएको थियो । जन्मदिनकै अवसरमा बिहान प्रधानमन्त्री ओलीलाई भारत र चीनका राजदूतहरु आएर शुभकामना दिएका थिए । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै