• २०८१ बैशाख १६ आइतबार

तीव्र उतारचढावका बीच नेप्से आज पनि घट्यो

kharibot

काठमाडौं । तीव्र उतारचढावका बिचमा आज नेप्सेमा गिरावट आएको छ । कारोबार सुरु भएको पहिलो एकघण्टा सम्म घटेको नेप्से त्यसपछिको समयमा बढेको भए पनि अन्तिम समयमा आएर शून्य दशमलव एक अंकले घटेर १३ सय ८६ दशमलव ९८ बिन्दुुमा झरेको छ ।

यसैगरी सेन्सिटिभ पनि शून्य दशमलव १३ अंकले घटेर दुुई सय ९३ दशमलव २५ बिन्दुुमा झरेको छ । नेप्सेमा आज एक सय ५७ कम्पनीहरुको चार हजार दुुई सय ६२ वटा कारोबारमा १० लाख ८६ हजार ४१ कित्ता सेयर खरिद बिक्री भएका छन् ।

उक्त परिमाणमा सेयर खरिद बिक्री हुुँदा कारोबार रकम ४२ करोड ५० लाख सात हजार नौ सय ४५ रुपैयाँ पुुगेको छ । नेप्सेमा आज नौ वटा समूहको कारोबार भएकोमा पाँच वटा समूहले गुुमाएका छन् भने चार वटा समूहले कमाएका छन् ।

गुुमाउने समूहमा परेको बाँणिज्य बैंक समूहको सूचक शून्य दशमलव ४१ अंकले घटेर १२ सय १४ दशमलव ८९ बिन्दुुमा झर्दा १३ करोड ५९ लाख ६३ हजार रुपैयाँको सेयर खरिद बिक्री भएको छ  । होटल समूहको सूचक नौ दशमलव ९४ अंकले घटेर दुुई हजार ३९ दशमलव ४० बिन्दुुमा झर्दा १७ लाख ५६ हजार तीन सय ३० रुपैयाँको सेयर खरिद बिक्री भएको छ ।

यसैगरी जलबिद्युुत समूहको सूचक पनि तीन दशमलव १५ अंकले घटेर १७ सय ४२ दशमलव ११ बिन्दुुमा झर्दा एक करोड ६१ लाख ४३ हजार रुपैयाँको सेयर खरिद बिक्री भएको छ । आज बीमा समूहको सूचक पनि ३४ दशमलव ६६ अंकले घटेर छ हजार नौै सय ९८  दशमलव ९६ बिन्दुुमा झर्दा आठ करोड १६ लाख ६४ हजार चार सय रुपैयाँको सेयर खरिद बिक्री भएको छ । लघुबित्त समूहको सूचक पनि आज घटेको छ ।

बिकास बैंक समूहको सूचक भने आज तीन दशमलव नौ अंंकले बढेर १५ सय ७९ दशमलव ५४ बिन्दुुमा झर्दा पाँच करोड १० लाख ४८ हजार रुपैयाँको सेयर खरिद बिक्री भएको छ । फाईनान्स, उत्पादनमुुलक र अन्य समूहको सूचकमा पनि आज सामान्य अंकले सुधार देखिएको छ । 

आज बढी कमाउने कम्पनीको सुचीमा परेको बोर्टलस नेपाल (तराई) लिमिटेडको प्रतिकित्ता सेयर मूल्य तीन रुपैयाँ ९८ पैसाले बढेर सात हजार एक सय  ६५ रुपैयाँमा कारोबार भएको छ भने बढी गुुमाउने कम्पनीको सुचीमा परेको नागवेली लघुवित्त विकास बैंकको सेयर मूल्य तीन रुपैयाँ ८३ पैसाले घटेर २३ सय नौ रुपैयाँमा सेय कारोबार भएको छ । 

रकम कारोबारका आधारमा अग्रस्थानमा परेको नेपाल लाईफ इन्स्योरेन्स कम्पनीको संस्थापक सेयरतर्फ ११ सय  रुपैयाँ अन्तिम मूल्यमा पाँच करोड ५० लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

यसैगरी ओम डेभलपमेन्ट बैंकको पनि प्रतिकित्ता दुुई सय ३१ रुपैयाँ अन्तिम मूल्यमा तीन करोड ६० लाख ५५ हजार दुुई सय ५६ रुपैयाँको सेयर कारोबार भएको छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै