• २०८३ असार १ सोमबार

नेटिस आइसिटी अवार्डको दोस्रो संस्करण सम्पन्न

नेटिस आइसिटी अवार्डको दोस्रो संस्करण सम्पन्न

सूचना तथा संचारमन्त्री मोहन बस्नेतबाट अवार्ड ग्रहण गर्दै आइटेक नेपालका जीवन न्यौपाने

काठमाडौँ ।  नेटिस आइसिटी अवार्डको दोस्रो संस्करण सम्पन्न भएको छ । 

लिभिङ विथ आइसिटीले बिहिबार राजधानीको होटल याक एन्ड यतिमा आयोजना गरेको दोस्रो संस्करणको २०१७ कार्यक्रममा विभिन्न ३ आइटी कम्पनीलाई उत्कृष्ट आइसिटी स्टार्टअपको अवार्ड प्रदान गरिएको थियो । अवार्ड पाउनेमा बसोबास नेपाल प्रालि, पाइला टेक्नोलोजी प्रालि र जेफ्टवेयर सोलुसन्स प्रालि रहेका छन् ।  

यस संस्करणको बेस्ट आइसिटी इन्नोभेटिभ अवार्डबाट पाइला टेक्नोलोजीले विकास गरेको परी रोबोट, आइटेक नेपालले विकास गरेको एभरेस्ट कास्ट र सिमान्टेक क्रिएसनले विकास गरेको नेपाल भिआरलाई प्रदान गरिएको थियो ।

कार्यक्रममा सूचना तथा सञ्चारमन्त्री मोहन बस्नेतले सही ढंगबाट सूचना प्रविधिको प्रयोग बढाउन सके मुलुकको आर्थिक समृद्धि गर्न सकिने बताएका छन् ।

त्यही कारण नेपाल सरकारले पछिल्लो समयमा आइसिटीलाई उच्च प्राथमिकतामा राखेर नीति र कार्यक्रम ल्याएको उनले बताए । सूचना प्रविधिको क्षेत्रमा फड्को मार्ने नेपालको प्रयास सफल बनाउन सूचना प्रविधिको अत्याधिक प्रयोग बढाउनुपर्नेमा पनि उनको जोड थियो उनले यस्तो बताएका हुन् । 

मन्त्री बस्नेतले सूचना प्रविधिको विकास गर्न सके मुलुकको कुल ग्राहस्थ उत्पादनमा वृद्धि गर्न सकिने बताएका छन् । मन्त्री बस्नेतले विभिन्न स्पर्धाका विजेतालाई सम्मान पनि गरे । त्यहाँ बोल्दै उनले यस्ता कार्यक्रमले सूचना प्रविधिको क्षेत्रमा काम गर्नेलाई प्रोत्साहन गर्ने पनि बताए ।

अवार्ड समारोहमा उद्योग मन्त्रालयका सचिव शंकर कोइरालाले सूचना प्रविधिलाई उद्योगको रुपमा लैजान सरकारले तयारी गरेको तथा नयाँ बन्न लागेको औद्योगिक नीतिमा आइसिटीलाई पनि उद्योगको रुपमा स्वीकारेर यससम्बन्धी नीति र व्यवस्था गर्न लागेको जानकारी दिए ।

करिब ४० वर्षदेखि नेपालको आइसिटी क्षेत्रमा क्रियाशील उद्यमी सुरेशकुमार रेग्मीलाई यस संस्करणको आइसिटी पायोनियर अवार्ड प्रदान गरिएको थियो । रेग्मी आइटी कम्पनी प्रोफेसनल कम्प्युटर सिस्टमका संस्थापक एवं प्रबन्ध निर्देशक हुन् भने विभिन्न संघसंस्थामा रहेर काम गरिरहेका छन्।

हलिउड उद्योगमा लामो समयदेखि एनिमेशन प्रविधिमा काम गरिरहेका नेपाली किरणभक्त जोशीलाई यस संस्करणको आइीसटी डायस्पोरा अवार्ड प्रदान गरिएको छ । उनी राजधानीस्थित एनिमेशन स्टुडियो इन्सेसान्ट रेन स्टुडियाका संस्थापकसमेत हुन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै