• २०८१ बैशाख १६ आइतबार

 नारायणगढ–मुग्लिन सडकखण्डमा भारतीय ट्रक दुर्घटनामा एकको मृत्यु, दुई गम्भीर

kharibot

रत्ननगर, चितवन ।  नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको घुमाउनेमा एउटा भारतीय ट्रक दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने दुईजना गम्भीर घाइते भएका छन् । 

उनीहरुको पहिचान खुलेको छैन । घाइतेलाई उपचारका लागि भरतपुर ल्याइँदै गरेको चितवन प्रहरीले जनाएको छ । चितवनको भरतपुर महानगरपालिका–२९ स्थित घुमाउनेमा आज बिहान ३ः५० बजेको समयमा सो दुर्घटना भएको हो । 

सुनौलीबाट काठमाडौँ जाँदै गरेको बिआर ३२ बीएन ३१०९ नंको भारतीय ट्रक ओभरटेक गर्ने क्रममा आफैँ अनियन्त्रित भई सडकबाट खसेको जिल्ला प्रहरी कार्यालय, चितवनले जानकारी दिएको छ । 

ट्रक सडकबाट ५० मिटर तल खसेर दुर्घटना भएको हो । अहिले उद्धारका लागि प्रहरी टोली घटनास्थलमा छन् । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै