• २०८१ बैशाख १४ शुक्रबार

संघीय सांसदको सपथग्रहण फागुन २० गते हुने 

kharibot

काठमाडौं  । संघीय सांसदको सपथग्रहण फागुन २० गते आइतबार हुने भएको छ ।

संघीय संसद सचिवालयले प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसदको सपथ ग्रहण एकैदिन फरक फरक समयमा गरिने जानकारी गराएको हो । 

फागुन २० गते दिउँसो ४ बजे प्रतिनिधिसभाका सदस्यको र ५ बजे राष्ट्रियसभाका सदस्यको सपथ ग्रहण अन्तराष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरमा हुने सचिवालयले जनाएको छ । सपथपछि फागुन २१ गते संघीय सांसदको पहिलो बैठक बस्ने जनाइएको छ ।

संसद सचिवालयले सार्वजनिक सूचना निकालेर प्रतिनिधिसभा र राष्ट्रियसभाका सदस्यलाई निर्धारित समयभन्दा १ घण्टा पहिले नै सम्मेलन केन्द्रमा पुग्न आग्रह गरेको छ ।

सचिवालयका अनुसार सांसदले राष्ट्रिय पोशाक वा आफ्नो सांस्कृतिक पहिचान झल्कने पोशाकमा निर्वाचन आयोगले दिएको प्रतिनिधिसभा वा राष्ट्रियसभा सदस्यको प्रमाण पत्र र नागरिकताको प्रमाणपत्र लिएर सम्मेलन केन्द्रमा उपस्थित हुनुपर्नेछ ।

त्यस्तै आफ्नो मातृभाषामा सपथ ग्रहण गर्न चाहने सांसदले ३ दिन अघि नै सपथको ब्यहोरा मातृभाषामा अनुवाद गरी ३ दिन अघि नै संसद सचिवालयमा बुझाउनुपर्ने पनि संघीय संसद सचिवालयले जनाएको छ ।  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै