• २०८१ बैशाख १४ शुक्रबार

नवनियुक्त महान्यायाधीवक्ता खरेलद्वारा एमालेको पोलिटब्यूरो सदस्यबाट राजीनामा

kharibot

काठमाडौँ ।  नवनियुक्त महान्यायाधीवक्ता अग्नि खरेलले नेकपा एमालेको पोलिटब्यूरो सदस्यबाट राजीनामा दिएका छन् ।

पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटर खरेलले राजीनामा बुझाएका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले खरेललाई मंगलबार महान्यायधीवक्तामा सिफारिस गरेका थिए । लगत्तै उनलाई राष्ट्रपतिले नियुक्त गरेकी थिइन् ।

पूर्वकानुनमन्त्री खरेललाई प्रधानमन्त्री ओलीले महान्यायाधीवक्ता बनाएका हुन् । उनी पहिलो संविधानसभामा समानुपातिकतर्फबाट र दोश्रो संविधानसभामा एमाले कोटाबाट मनोनित सांसद बनेका थिए ।

महान्याधीवक्ता खरेलले आजै पद तथा गोपनियताको सपथ लिँदै छन्। 
 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै