• २०८१ बैशाख १४ शुक्रबार

साइकलमा पापड बेच्दै भेटिए ऋतिक रोशन 

kharibot

मुम्बई । बलिवुड अभिनेता ऋतिक रोशनको आगामी फिल्म सुपर ३० को पहिलो लुक सार्वजनिक भएको छ । 

फिल्मको पहिलो लुकमा ऋतिक साइकलमा पापड बेच्दै गरेको दृश्य सार्वजनिक भएको छ । फिल्मका लागि अभिनेताहरुले कतिसम्म मिहिनेत गर्दछन भन्ने यस तस्बिरबाट देख्न सकिन्छ । 

ऋतिक यो सुपर ३० फिल्म गणितज्ञ आनन्द कुमारको जिवानिमा आधारित फिल्म हो । आनन्द कुमारले गरिव बच्चाहरुलाई आइआइटीको तयारी गर्ने वातावारण बनाएका थिए ।

आनन्द कुमारले पनि आफ्नो भूमिकाका लागि ऋतिक रोशन उत्कृष्ट कलाकार भएको बताएका छन् । फिल्ममा ऋतिक रोशनको पहिलो लुक देखेर खुद आनन्द कुमार पनि हैरान भएका थिए ।

धुम-२, गुजरिश जस्ता फिल्ममा अभिनय गरेका ऋतिकको अन्तिम फिल्म मोहन जोदारो बक्स अफिसमा असफल भएको थियो । त्यसपछि ऋतिकको कुनै फिल्म आएको छैन ।

यस फिल्ममा ऋतिकका अलावा म्रुनाल ठाकुरले डेभ्यु गर्दै छिन भने आदित्य श्रीवास्तव, पंकज त्रिपाठी, कुमुद मिश्र जस्ता कलाकारले अभिनय गर्दै छन् । फिल्मलाई विकास बहलले निर्देशन गर्दै छन् । फिल्म २०१९ को जनवरी २५ मा रिलिज गर्ने बताइएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै