• २०८१ बैशाख १४ शुक्रबार

आठौं राष्ट्रिय खेलकुदको लोगो सार्वजनिक

kharibot

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले आठौं राष्ट्रिय खेलकुद– २०७५ को लोगो मंगलबार सार्वजनिक गरेको छ । राखेपका सदस्य–सचिव केशवकुमार विष्टले नेपालगन्जमा आयोजित एक कार्यक्रमबीच लोगो सार्वजनिक गरेका छन् ।

लोगोमा रहेको चन्द्र सूर्य अंकित झण्डाले सिंगो नेपालको प्रतिनिधित्व गरेको छ । शान्तिको परेवाले अपसी भाइचाराको सन्देश बोकी आठौं राष्ट्रिय खेलकुदको प्रतितिधित्व हुने गरी ८ वटा पातहरु आफ्नो चुच्चोमा बोको छ । शान्तिका अग्रदूत गौतम बुद्धका दुई खाँखाले सबैमा शान्ति र स्थिरताको कामना गरिएको छ भने लोगोमा राखिएको गेटले बर्दिया राष्ट्रिय निकुञ्जको प्रतिनिधित्व गरेको छ । परेवाका सप्तरंगी ७ प्वाँखले संघीय नेपालको सातवटा प्रदेशलाई इंगित गरेको छ । 

यसअघि नै सार्वजनिक गरिएको मस्कट (हात्तीको छावा) लाई स्पोर्टी डिजाइन गरिएको छ । लोगो र मस्कट सन्तोष विष्टले डिजाइन गरेका हुन् ।

नारायण खतिवडाले रचना गरेको आठौं राष्ट्रिय खेलकुदको गीत ‘खेलाडी हौं’ पनि सार्वजनिक गरिएको छ । त्यस्तै ‘आठौं खेलकुद हाम्रो प्रदेशमा, पसिना र पौरख आफ्नै देशमा’ लाई आठौं राष्ट्रिय खेलकुदको नाराका रुपमा चयन गरिएको आठौं राष्ट्रिय खेलकुद सचिवालयका सचिव इन्द्र कार्कीले जानकारी गराए । आठौं राष्ट्रिय खेलकुद मंसिरमा हुनेछ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै