• २०८१ बैशाख १४ शुक्रबार

बार्सिलोना र चेल्सी बराबरीमा, मेसीले गरे चेल्सीविरुद्ध पहिलो गोल 

kharibot

काठमाडौँ । च्याम्पियन्स लिग अन्तर्गत बार्सिलोना र चेल्सी बराबरीमा रोकिएका छन् ।

गएराती चेल्सीको घरेलु मैदानमा भएको अन्तिम १६ को पहिलो लिगमा दुवै टमले १-१ गोल गरेपछि बराबरीमा रोकिएका हुन् । 

पहिलो हाफ बिना कुनै गोल सकिएको खेलमा दोस्रो हाफको ६२औ मिनेटमा विलियनको गोलमा चेल्सीले अग्रता लिएको थियो । तर खेलको ७५औ मिनेटमा लियोनेल मेसीले चेल्सीविरुद्ध पहिलो गोल गर्दै खेल बराबरी गरेका थिए ।

मेसीले चेल्सीविरुद्ध गरेको यो पहिलो गोल हो । मेसीले चेल्सीविरुद्ध ९ खेलमा ३०औ सात हान्दै पहिलो गोल गरेका हुन् । मेसीलाई इनेष्टाले असिस्ट गरेका थिए ।

चेल्सीको घरेलु मैदानमा बार्सिलोनाले अहिलेसम्म खेलेका च्याम्पियन्स लिगका ७ खेलमा बार्सिलोना एक जित दुई बराबरी र ४ खेलमा हार बेहोरेको छ ।

अब यी दुवै टिमबीच दोस्रो लिग आगामी मार्च १४ मा बार्सिलोनाको घरेलु मैदानमा हुने छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै