• २०८१ बैशाख १५ शनिबार

तपाइँको तातो चिया पिउने बानी छ ? यसरी गर्नसक्छ स्वास्थ्यमा असर

kharibot

काठमाडौँ, हामी दैनिकीमा चिया पिउने कुरा समान्य कुरा हो । साथीभाई भेट हुँदा होस् या विहान उठ्नासाथ् होस् चिया पिउने कुरालाई दैनिकी नै भन्दा हुन्छ । अनि सामान्यतया बढी थकान लागे या टाउको दुखेमा पनि हामी चिया पिउने गर्दछौ र आफुलाई ठिक भएको महसुस गर्दछौ ।

तर हामी दिनहुँ पिउने चिया हाम्रो स्वास्थ्यको लागि कति खतरनाक हुन्छ भन्ने कुरा हामीले अनुमान पनि गरेका हुदैनौ । हालै संयुक्त राष्ट्रसंघको क्यान्सरसँग सम्बन्धित इन्टरनेशनल एजेन्सी फर रिसर्च अन क्यान्सरले गरेको अनुसन्धानमा धेरै तातो चिया पिउनु स्वास्थ्यको लागि निकै खराब हुने देखाएको छ ।

अनुसन्धानमा तातो चिया पिउदा पिउने व्यक्तिको खाना नलिमा क्षति पुग्ने बताइएको छ । यो अनुसन्धान ति देशहरुमा गरिएको थियो जँहाका मानिसहरु तातो चिया बढी पिउने गर्दछन् । अनुसन्धानका अनुसार ६५ डिग्री सेल्सियस भन्दा बढी गरम पी पदार्थ पिउदा खाना नलीमा असर गर्दछ, जसको कारण खाना नलीमा क्यान्सर हुन् सक्ने अनुसन्धानले देखाएको छ ।

यस समस्याबाट बच्न अनुसन्धानकर्ता बैज्ञानिकहरुले तातो चिया या अन्य पेय पदार्थ पिउनु अगाडी पिउन लायक तातो छ की छैन एक पटक हेरेर मात्र पिउन सल्लाह दिएका छन् । यसो गर्नाले खाना नलीलाई कुनै असर हुदैन र क्यान्सरको खतरा पनि कम हुने अनुसन्धानमा संलग्न बैज्ञानिकहरुले दिएका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय