‘प्रदेश सरकार समावेशी बन्न सकेन’

खरीबोट
ad

सुर्खेत । प्रदेश नं ६ का सांसदले प्रदेश सरकार समावेशी नभएको गुनासो गरेका छन् । 

समावेशीको कुरा गर्ने वाम गठबन्धनको सरकार बने पनि समावेशी बन्न नसकेको सांसदले आरोप लगाएका छन् । सो प्रदेशमा गठन भएको प्रदेश सरकारका लागि नेकपा एमालेले चार र नेकपा माओवादी केन्द्रले मुख्यमन्त्रीसहित तीन मन्त्री पाएका छन् ।

माओवादी केन्द्रले आफूले पाएको भूमि व्यवस्थापन र कृषि तथा सहकारी मन्त्रालयमा रुकुमकी विमला केसीलाई मन्त्री बनाएको छ । कूल सांसद संख्याको २० प्रतिशत समावेश हुने गरी सरकार निर्माण गर्नुपर्ने संवैधानिक व्यवस्था भए पनि सो प्रदेशमा एक महिलाबाहेक अरु कुनै मन्त्री समावेश नभएको सांसद दीनबन्धु श्रेष्ठले बताए ।

पार्टीको भनाइ र निर्णय गराइमा फरक देखिएकाले समावेशी सरकार बन्न नसकेको विचार महिला तथा दलित सांसद मीना रखालले व्यक्त गरीन् । ‘समावेशी सरकार बन्न, महिला, दलित र जनजाति सदस्यको पनि सहभागिता हुनुपर्ने थियो तर यो प्रदेशमा भएन,’ उनले भने । छ नं प्रदेशमा छ दलित सांसद रहेकामा एक जना पनि मन्त्री नभएको उनले बताए । 

सरकारको नेतृत्व गरेको दल माओवादी केन्द्रले रुकुमकी केसीलाई मन्त्री बनाए पनि सबैभन्दा ठूलो दल एमालेले भने सबै मन्त्री खसआर्यबाटै छानेको छ । पार्टीमा खसआर्यबाटै मन्त्री बन्नका लागि आकांक्षी बढी भएकाले समावेशिता नभएको सांसद दानसिंह परियारले बताए । आफूले समावेशी मन्त्रिमण्डल बनाउन निकै प्रयास गरे पनि दलित र जनजातिको प्रतिनिधित्वलाई सम्बोधन नभएको उनको भनाइ छ । 

सो प्रदेशमा प्रदेशसभा सदस्य ४० मध्ये दलिततर्फ प्रत्यक्षमा एमालेबाट मुगुका दानसिंह परियार र माओवादी केन्द्रबाट रुकुमका रातो कामी मात्र प्रत्यक्ष निर्वाचित भएका हुन् भने एमालेका राजु नेपाली र मीना रखाल तथा माओवादीका केन्द्रका सीता नेपाली र नेपाली काँग्रेसका झोवा विक तामाङ समानुपातिक सांसद छन् । 

महिला जनजातितर्फका पुष्पा घर्ती उपसभामुख भइसक्नु भएको छ भने प्रतिपक्षी दल काँग्रेसका श्रेष्ठ मात्रै जनजाति सांसद छन् । बाँकी महिला तथा खसआर्यतर्फका सांसद छन् ।

सम्बन्धित समाचार

मन्त्री भण्डारीद्वारा मन्त्रालयका कार्ययोजना सार्वजनिक

सुर्खेत । प्रदेश नं ६ आन्तरिक मामिला तथा कानून मन्त्री नरेश भण्डारीले मन्त्रालय सुधारको कार्ययोजना सार्वजनिक गरे ।  मन्त्रालयमा पत्रकार सम्मेलन गरी मन्त्री भण्डारीले मन्त्रालय सुधारका लागि तीनवटा योजना सार्वजनिक गरेका

प्रदेश नं ६ को पहिलो मन्त्रिपरिषद् बैठकद्वारा २१ निर्णय पारित [हेनुहोस्]

सुर्खेत । प्रदेश नं ६ प्रदेशको मन्त्रिपरिषद्को पहिलो बैठक आज बसेको छ ।  नयाँ मन्त्रिमण्डल गठन भएपछि प्रदेश नं ६ को मन्त्रिपरिषद्को पहिलो बैठक आज बसेको हो । आज बसेको मन्त्रिपरिषद् बैठकले २१

प्रदेश नं ६ मा मन्त्रिपरिषद् विस्तार, को को भए मन्त्री?

सुर्खेत । प्रदेश नं ६ का मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आज मन्त्रिपरिषद् विस्तार गरेका छन् ।  सत्ता साझेदार दल नेकपा एमाले र माओवादी केन्द्र बीच मन्त्रालयको भागबण्डा नमिल्दा रोकिएको मन्त्रिपरिषद् विस्तारलाई मुख्यमन्त्री

प्रदेश नं ६ मा मन्त्रालय बाँडफाँडको टुङ्गो लाग्यो

सुर्खेत ।  प्रदेश नं ६ मा वाम गठबन्धनका दुई दलबीच मन्त्रालय भागबण्डा टुङ्गो लागेको छ ।  मन्त्रालयको भागबण्डा टुङ्गो लागेपछि मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले भोलि सरकार गठनको तयारी गरेका छन् । मन्त्रालयको विवाद समाधान भएपछि