‘न्यायसम्पादनमा इतिहासमै धेरै प्रगति’

खरीबोट
ad

काठमाडौँ । प्रधानन्यायाधीश गोपाल पराजुलीले आफू प्रधानन्यायाधीश भएपछि न्याय सम्पादनमा इतिहासमै सबैभन्दा धेरै प्रगति भएको बताएका छन् । 

बालसुधार गृह सानोठिमीले आयोजना गरेको कार्यक्रममा उनले आफू नेतृत्वमा आएपछि नियमावली ल्याउन सफल भएको र विगतमा डेढ वर्षसम्म अवरुद्ध संवैधानिक इजलास नियमित सञ्चालन गरेर संवैधानिक विवादका विषय निरन्तर निरुपण भइरहेको बताए । 

बालबालिका, ज्येष्ठ नागरिक, अपांगतायुक्त व्यक्तिलगायत मुद्दालाई विशेष प्राथमिकतामा राखेर आफूले सुनुवाइ गरिरहेको जिकिर उनले गरे । प्रधानन्यायाधीश पराजुलीले न्यायालय र मिडिया सत्यता उजागर गर्नका लागि विकास भएको हुँदा एकार्कालाई निषेध गरेर समाज परिवर्तन हुन नसक्ने बताएका हुन् । समाजमा आफूलाई नै ठूलो ठान्ने खेती भइरहेको बताउँदै प्रधानन्यायाधीश पराजुलीले समाचार सत्यता र शिष्टतामा आधारित हुनुपर्ने औँल्याए । 

बाल न्याय समन्वय समितिका अध्यक्ष तथा सर्वोच्च अदालतका न्यायाधीश शारदाप्रसाद घिमिरेले बालसुधार गृहलाई समयसापेक्ष आधुनिक र न्यायिक बनाउँदै लैजानुपर्ने बताए । नाबालक कुनै अभियोगमा कैद हुने अवस्थामा सरकारले बालगृहमा पठाएर विभिन्न किसिमका शिक्षा प्रदान गर्ने गरेको छ ।

सम्बन्धित समाचार

पूर्वप्रधानन्यायाधीश गोपाल पराजुलीको अवहेलनासम्बन्धी मुद्दा खारेज

काठमाडौँ ।  सर्वोच्च अदालतले पूर्वप्रधानन्यायाधीश गोपाल पराजुलीविरुद्ध परेको अदालतको अवहेलनासम्बन्धी मुद्दा खारेज गरेको छ ।  कामु प्रधानन्यायाधीश दीपकराज जोशी र न्यायाधीश तेजबहादुर केसीको संयुक्त इजलास आज अवहेलनासम्बन्धी मुद्दा चलाउनुपर्ने प्रमाण फेला नपरेको उल्लेख

पराजुलीलाई बाध्य पारेर राजीनामा दिन लगाइयो : कानुन व्यवसायी

काठमाडौं । कानुन व्यवसायीले प्रधानन्यायाधीश गोपाल पराजुलीलाई राजीनामा दिन बाध्य बनाइएको विचार व्यक्त गरेका छन् ।  रिर्पोर्टस क्लब नेपालले आज यहाँ आयोजना गरेको कार्यक्रममा वरिष्ठ अधिवक्ता रामनारायण विडारीले न्यायपरिषद्को सचिवलाई प्रधानन्यायाधीशका

गोपाल पराजुलीले दिए प्रधानन्यायाधीशबाट राजीनामा

काठमाडौँ । प्रधानन्यायाधीश गोपाल पराजुलीले आफ्नो पदबाट राजीनामा दिएका छन् । बुधबार न्यायपरिषद्का सचिवले ‘पदमुक्त’ भएको पत्र लेखेपछि प्रधानन्यायाधीश गोपाल पराजुलीले विहिबार बिहान राष्ट्रपतिलाई भेटेर राजीनामा दिएका हुन् । बिहान पराजुली राष्ट्रपतिलाई

सचिवको निर्णय गैरकानुनी हो, अहिले पनि प्रधानन्यायाधीश नै छु – गोपाल पराजुली

काठमाडौँ । प्रधानन्यायाधीश गोपाल पराजुलीले न्याय परिषद्का सचिवलाई पत्र काट्ने अधिकार नभएको भन्दै आफु अहिले पनि प्रधानन्यायाधीश रहेको दाबी गरेका छन् ।  बिबिसी नेपाली सेवासँग कुरा गर्दै प्रधानन्यायाधीश पराजुलीले परिषद्का सचिवलाई