• २०८१ बैशाख १६ आइतबार

उद्योगीले सिन्डिकेट लादेको औषधि व्यवसायी संघको आरोप

kharibot

काठमाडौं– नेपाल औषधि व्यवसायी संघ (एनसीडीए) ले स्वदेशमा नै औषधि उत्पादन गर्दै आएका उद्योगीहरुले चालेको कदमप्रति आपत्ति जनाएको छ । नेपाली उद्योगीहरुले आत्मनिर्भरताको नामममा सिन्डिकेट लाद्न खोजेको संघको आरोप छ ।

वि.सं. २०३० सालमा स्थापना भएदेखि नै अन्तर्राष्ट्रिय मापदण्डका गुणस्तरीय औषधिहरु विदेशबाट आयात गरी सर्भसुलभ रुपमा विक्रीवितरण गर्दै आएको एनसीडीएले औषधि आयात रोक्नुपर्ने कारणको चित्तबुझ्दो जवाफ दिन चुनौतिसमेत दिएको छ । ‘त्यहि औषधि नेपाली उत्पादकहरुले भन्दा सस्तो मूल्यमा जनतालाई दिइरहेका छौं भने किन त्यसलाई रोक्नु प¥यो ?,’ औषधि व्यवसायी संघले प्रश्न गर्दै भनेको छ, ‘नेपाली जनताले सस्तोमा गुणस्तरीय औषधि प्रयोग गर्न नै नपाउने सिन्डिकेट किन लाद्न खोजिन्छ ?’

स्वदेशमा नै औषधि उत्पादन गर्दै आएका उद्योगहरुले आवश्यक विभिन्न ३० वटा औषधिहरु नेपालमा नै उत्पादन भइरहेको भन्दै बाहिरबाट आयत गर्न बन्द गर्नुपर्ने माग गरेका छन् । त्यसैगरी २०७१ जेठ २६ गते सचिवस्तरीय निर्णयको बु“दा नम्बर १३ मा पा“च वटा स्वदेशी कम्पनीहरुको डोजिएर पेस गरेमा सोही औषधि कुनै पनि व्यवसायीले विदेशबाट ल्याउन नपाइने उल्लेख छ । अझ रोचक पक्ष के हो भने स्वदेशी औषधि उत्पादक व्यवसायीहरु नै यतिबेला आफूले उत्पादन नगर्ने औषधिहरु आफै“ले मात्रै आयात गर्न पाउनुपर्ने रटान लगाइरहेका छन् । 

एनसीडीएले स्वदेशी औषधि उद्योगहरुले आत्मनिर्भरको नाममा विदेशबाट आयत हु“दै आएका औषधिहरु बन्द गराएर जनतालाई महंगोमा नेपाली औषधि भिडाउन खोजेको भन्दै त्यसको विरोध गरिरहेको छ । विदेशी औषधिभन्दा स्वदेशी औषधि चार गुणा महंगोमा बिक्री गरेर जनताको ढाड सेक्न नपाइने एनसीडीएको भनाइ छ । 

यसैबीच स्वदेशी औषधि उत्पादन व्यवसायीहरुका कारण अप्ठेरोमा परेको एनसीडीएले समस्या समाधानका लागि समस्या समाधान उपसमिति समेत गठन गरेको छ । झण्डै दुई हजार भन्दा बढि व्यवसायीहरु आबद्ध रहेको यस संस्थामा २५ हजार भन्दा बढिले रोजगारीको अवसर पाएका छन् । तर, यतिबेला यी सबैलाई अप्ठेरो पर्नेगरी स्वदेशी औषधि व्यवसायीहरुले नियमककारी निकायलाई प्रभावमा पारेर सिन्डिकेट लाद्न खाजिरहेका छन् । 

‘नेपाल औषधिमा अत्मनिर्भर हुनु एकदमै राम्रो पक्ष हो । हामी त्यसको स्वागत गर्छौं । तर, आत्मनिर्भरताको नाममा सस्तोमा पाइरहेको गुणस्तरीय औषधि बन्द गरेर महंगो मूल्यमा नेपाली औषधि जवर्जस्ती भिडाउनु कति उचित हो ?,’ नेपाल औषधि व्यवसायी संघका अध्यक्ष मृगेन्द्रमेहर श्रेष्ठ भन्छन्, ‘हाम्रो जस्तो गरिबीले थलिएको मुलुकमा के यो उचित हुन सक्छ ?’

अध्यक्ष श्रेष्ठले स्वदेशी कम्पनीले उत्पादन गरेका औषधि भन्दा हामीले बाहिरबाट ल्याएर जनतालाई सस्तोमा औषधि खुवाइरहेको अवस्थामा पनि आयात नै रोक्नुपर्ने मागमा गम्भीर नियत भएको हुन सक्ने जिकिर गरे । ‘औषधि जस्तो संवेदनशील बस्तुमा किन सिन्डिकेट लगाउन खोजिन्छ ।  सरकारले पनि त यस विषयमा सोच्नु प¥यो नि,’ उनको भनाइ छ । 

नियमक निकाय औषधि व्यवस्था विभाग स्थापना हुनु अघि नै स्थापना भएको एसीडीएले विदेशी औषधिमात्र नभई स्वदेशी औषधिहरुको पनि बिक्री वितरण गर्दै आएको छ । एनसीडीएको एक मात्र उद्देश्य भनेको अन्तर्राष्ट्रिय गुणस्तरको औषधि नेपाली जनतासमक्ष पु¥याउनु नै हो । 

स्वेदशी कम्पनीहरुले आत्मनिर्भरको नारा लगाई रह“दा कर्णाली जनताले सिटामोल नपाएको अवस्था छ भने कयौं स्थानमा जीवनजलको समेत अभाव छ । तरपनि विदेशबाट ल्याउने सस्तो मुल्यको गुणस्तरीय औषधिलाई रोकेर महंगोमा गरिव नेपाली जनताको ढाड सेक्न पल्लेका स्वदेशी औषधि व्यवसायीहरुको नियतमाथि पनि प्रश्न चिन्ह खडा भएको छ । 

एनसीडीएले अहिले पनि डब्लुएचओजिएमपी, ईयूजिएमपी, यूएसएफडी, टिजिए(अष्ट्रेलिया) लगायतले स्वीकृत प्रदान गरेको र नियमक निकाय औषधि व्यवस्था विभागको स्वीकृतीमा नेपालमा औषधि बिक्री वितरण गरिरहेको छ ।

स्वदेशी औषधि व्यवसायीहरुले अर्काको व्यवसाय नै धराशायी बनाएर आफूमात्र कमाउने प्रपञ्च रचेको भन्दै एनसीडीए त्यसको विरोधमा उत्रिएको अध्यक्ष श्रेष्ठको भनाइ छ ।

उनको भनाइ छ, ‘नेपाली कम्पनीले उत्पादन गरेको औषधि भन्दा हामीले सस्तो मूल्यमा नेपाली जनतालाई औषधि दिइरहेका छौं । अब तपाई आफै भन्नुस् न हामीले के अपराध गरेका छौं ? औषधि जस्तो संवेदनशील बस्तुमा सिन्डिकेट लाद्न नखोजियोस् ।’

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै