• २०८१ बैशाख १४ शुक्रबार

विना अनुमति सुनसरी र मोरङमा वित्तीय कारोबार गर्ने ८ जना पक्राउ

kharibot

काठमाडौँ । नेपाल राष्ट्र बैंक र सहकारी विभागबाट अनुमति नलिई सुनसरी र मोरङमा वित्तीय कारोबार गरिरहेको विभिन्न संस्थाका ८ जनालाई संचालकलाई प्रहरीले पक्राउ गरेको छ । 
प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरो र प्रदेश नम्बर १ को क्षेत्रिय् अनुसन्धान टोलीले आपन इन्भेस्टमेन्ट संस्था इटहरीका संचालक भिम प्रसाद थारु र श्याम पेश्कार थारु, त्यस्तै हलेसी इन्भेष्टमेन्ट धरानका चन्द्र बहादुर विक र अनिता विक, त्यस्तै चौतारी इन्भेष्टमेन्ट विराटनगरका राजु शाह, इन्भेष्टमेन्ट प्रालि इटहरीका सुनील गुरागाई, दिल्ली प्रसाद आचार्य र प्रकाश आचार्यलाई पक्राउ गरेको जनाएको छ ।

प्रहरीका अनुसार आपन इन्भेष्टमेन्टले सर्वसाधारणबाट २ करोड ३९ लाख बचत उठाएको, त्यस्तै हलेसी इन्भेष्टमेन्टले ६ करोड ९९ लाख बचत उठाएको, चौतारी इन्भेष्टमेन्टले ८ लाख ६१ हजार बचत उठाएको र इन्भेत्मेंट प्रालिले ५० लाख बचत सर्वसाधारणबाट उठाएका छन् ।

उनीहरु कम्पनि रजिष्टारको कार्यालयमा दर्ता भएर उद्धेश्य विपरित काम गरेको देखिएको प्रहरीले जनाएको छ । सहकारीको भन्दा चर्को ब्याज दिने भन्दै बचत संकलन गरेको रसो बचतलाई २४ प्रतिशत भन्दा बढी ब्याजमा लगाएको प्रहरीले जनाएको छ ।

प्रारम्भिक अनुसन्धानमा कुल ९ करोड ९७ लाख ८९ हजार बचत उठाएको देखिएको भएपनि यो रकम बढ्न सक्ने प्रहरीले जनाएको छ ।


 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै