• २०८१ बैशाख १४ शुक्रबार

राष्ट्रपति भण्डारीद्वारा संघीय संसदको अधिवेशन आह्वान

kharibot

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी फागुन २१ गतेलाई संघीय संसदको अधिवेशन आह्वान गरेकी छिन् ।

सोमबार एक विज्ञप्ती जारी गरी राष्ट्रपति भण्डारीले संसद अधिवेशनको आह्वान गरेकी हुन् । 

संघीय संसदको अधिवेशन अन्र्तराष्ट्रिय सम्मेलन केन्द्रमा हुने विज्ञप्तीमा उल्लेख गरिएको छ । प्रधानमन्त्रीको सिफारिशमा नेपालको संविधानको धारा ९३ को उपधारा १ वमोजिम राष्ट्रपति भण्डारीले संसद अधिवेशनको आह्वान गरेकी हुन् ।


 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै