• २०८१ बैशाख १४ शुक्रबार

सेयरबजारमा फेरि गिरावट, नेप्से र कारोबार सूचक उच्च अंकले घटे

kharibot

 काठमाडौं । नेप्से पुुन घटेको छ । यसअघि साताको अन्तिम कारोबार दिन बिहीबार उच्च अंकले बढेको नेप्से साताको पहिलो कारोबार दिन आज आइतबार नेप्से सूचक तथा कारोबार रकम दुुवै घटेको छ ।

आज सुुरुवाती समयमा झण्डै तीन अंकले बढेको नेप्से अन्तिम समयमा आएर ११ दशमलव पाँच अंकले घटेर १४ सय १३ दशमलव ९० विन्दुुमा झरेको छ । यसैगरी सुरुवाती समयमा एक अंकले बढेको सेन्सिटिभ  पनि अन्तिम समयमा आएर दुुई दशमलव १४ अंकले घटेर दुुई सय ९९ दशमलव १६ विन्दुुमा झरेको छ ।

आज कुुल एक सय ५९ कम्पनीहरुको सात हजार एक सय ८२ वटा कारोबारमा १४ लाख २९ हजार तीन सय ५९ कित्ता सेयर खरिद बिक्री भएका छन् । उक्त परिमाणमा सेयर खरिद बिक्री हुंदा कारोबार रकम ५९ करोड छ लाख ६० हजार १२ रुपैयाँ पुुगेको छ । 

नौवटा समूहको कारोबार भएकोमा उत्पादनमूलक समूहको सूचक नौ दशमलव ९६ अंकले बढेको भएपनि बाँकी आठ वटा समूहको सूचक घटेका छन् । उच्च अंकले घटेको बीमा समूहको सूचक एक सय सात दशमलव ४८ अंकले घटेर सात हजार एक सय ८१ दशमलव १६ विन्दुुमा झरेकोमा १२ करोड तीन हजार रुपैयाँको सेयर खरिद बिक्री भएको छ ।

वाणिज्य बैंक समूहको सूचक दुुई दशमलव ८३ अंकले घटेर १२ सय ३९ दशमलव ५५ विन्दुुमा झर्दा ३० करोड ९२ लाख ५६ हजार रुपैयाँको सेयर खरिद बिक्री भएको छ । यसैगरी बिकास बैंक समूहको सूचक २१ दशमलव ५८ अंकले घटेर १६ सय सात दशमलव २५ विन्दुुमा झर्दा चार करोड ३५ लाख नौ हजार रुपैयाँको सेयर खरिद बिक्री भएको छ ।

जलविद्युुत् समूहको सूचक पनि आज ३४ दशमलव २६ अंकले घटेर १७ सय ८९ दशमलव ११ विन्दुुमा झर्दा एक करोड ८२ लाख दुुई हजार चार सय रुपैयाँको सेयर  खरिद बिक्री भएको छ । यि बाहेक होटल, फाइनान्स, लघुवित्त र अन्य समूहको सूचक पनि आज घटेका छन् । 

आज बढी कमाउने कम्पनीको सुचीमा परेको बोर्टलस नेपाल (तराई) लिमिटेडको प्रतिकित्ता सेयर मुल्य चार रुपैयाँ दुुई पैसाले बढेर सात हजार चार सय २४ रुपैयाँको सेयर खरिदबिक्री भएको छ  भने बढी गुुमाउने कम्पनीको सुचीमा परेको प्रोग्रेसिभ फाईनान्सको सेयर मुल्य सात रुपैयाँ ५४ पैसाले घटेर एक सय ९६ रुपैयाँमा कारोबार भएको छ ।

रकम कारोबारका आधारमा अग्रस्थानमा परेको नेपाल ईन्भेष्टमेन्ट बैंकको प्रतिकित्ता छ सय ८७ रुपैयाँ अन्तिम मुल्यमा दुुई करोड ८१ लाख ६४ हजार सात सय ९३ रुपैयाँको सेयर कारोबार भएको छ ।

यसैगरी सानिमा बैंकको पनि तीन सय ६९ रुपैयाँ अन्तिम मुल्यमा दुुई करोड ७३ लाख ८३ हजार पाँच सय ८५ रुपैयाँको सेयर कारोबार भएको छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै