• २०८१ बैशाख १५ शनिबार

देवेन्द्र पौडेलसहित १५ जना नेता नयाँ शक्तिबाट निष्कासित 

kharibot

काठमाडौँ । नयाँ शक्ति पार्टीले संघीय परिषद सदस्य देवेन्द्र पौडेल सहित १५ जना आफ्ना नेताहरुलाई निष्काशित गरेको छ ।

आज एक विज्ञप्ति जारी गर्दै नयाँ शक्ति पार्टी नेपालले १५ जना नेताले पार्टी नीति र विचार विपरित कार्य गर्दै आएकोमा पटक–पटक यसो नगर्न सचेत गराई रहँदा पनि उहाँहरुले पार्टी विरोधी गतिविधि गरिरहेको हुँदा पार्टीको सबै जिम्मेवारी र साधारण सदस्यबाट समेत निष्काशन गरिएको जनाएको छ ।

निष्काशित हुनेमा नेता पौडेलसहित वामदेव क्षेत्री, कुमार पौडेल, महेन्द्र पासवान, मुक्ति प्रधान, पासाङ शेर्पा, सुशीला शिर्पाली, बलावती शर्मा, तिलक थापा, अमरध्वज लामा, वाहीद अन्सारी, हरि चौलागाईं, शर्मिली तामाङ, रत्न राना र रविन्द्र सुनुवार रहेका छन् ।

यसअघि शुक्रबार नै नयाँ शक्ति पार्टीका असन्तुष्ट नेताहरुले वृहत ध्रुविकरण संयोजन समिति गठन गरेका थिए । 

बाबुराम भट्टराईसँग असन्तुष्ट रहेका १५ नेताले अग्रामी शक्तिहरुबीच व्यापक धुर्बिकरणको पहलकदमी र सक्रिय भूमिका निर्वाह गर्नका लागि भन्दै देवेन्द्र पौडेलको संयोजकत्वमा ध्रुविकरण संयोजन समिति गठन गरेका थिए ।

समितिले निकट भविष्यमा राष्ट्रिय भेलाको आयोजना गरी नयाँ शक्ति पार्टी नेपालको राजनीतिक कार्यदिशासहितको प्रतिवेदन र घोषणापत्र जारी गर्ने जनाएका छन् । 

असन्तुष्ट नेताहरुले पार्टीका संयोजक बाबुराम भट्टराई मार्फत अबको राजनीतिक गन्तव्य र कार्यदिशा स्पष्ट हुनुपर्ने विषयमा मौखिक र लिखित सुझावहरु पार्टीमा पठाइएको र छलफलका लागि प्रयन्त गर्दा समेत आलटाल गर्दे राजनीतिक कार्यदिशा स्पस्ट गर्ने विषयमा पार्टी नेतृत्व गम्भीर नभएको कारण आफूहरु यस्तो कदम चाल्न बाध्य भएको जनाएका थिए  । 

कार्यदिशा स्पष्ट गर्ने विषयमा पार्टी संयोजक गम्भीर नभएको बरु आफूहरुले असहमती राख्दा स्पष्टीकरण सोधेको भन्दै उनीहरुले आक्रोश पोखेका थिए ।    
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै