• २०८१ बैशाख १५ शनिबार

जिल्ला सदरमुकामसँग यातायात जोडिने

kharibot

हेटौँडा । प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेशको राजधानी हेटौँडाबाट तेह्र जिल्लाको सदरमुकाम जोड्ने बाटो निर्माण मुख्य प्राथमिकतामा पर्ने बताएका छन् । 
मुख्यमन्त्री पौडेलले हेटौँडा उपमहानगरपालिकाको दोस्रो नगरसभा बैठकलाई आज सम्बोधन गर्दै खानेपानी, स्वास्थ्योपचार, जडीबुटी खेती र पर्यटन विकासका लागि उच्च प्राथमिकता दिइने बताएका हुन् । 

नगरसभामा बैठकमा उपमहानगरपालिका प्रमुख हरिबहादुर महत र उपप्रमुख मीना लामाले उपमहानगरका १९ वडामा सडक निर्माण, खानेपानी, स्वास्थ्योपचार, कृषि, सडक, कृषि उत्पादन, वातावरणमा सुधारका लागि भइरहेका कामको विवरण प्रस्तुत गरेका हुन् । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै