• २०८१ बैशाख १४ शुक्रबार

एकै व्यक्तिलाई चार पटकसम्मको फाँसी सजाय

kharibot

लाहोर, पाकिस्तान ।  पाकिस्तानको एक अदालतले शनिबार एक व्यक्तिलाई फाँसीको सजाय दिएको छ । सो अदालतले ती व्यक्तिलाई चार पटकसम्मको फाँसीको सजाय सुनाएको थियो । एक बालिकाको बलात्कार र त्यसपछि हत्या गरेको आरोपमा फाँसी दिइएको थियो । 

इम्रान अलि नामक २४ वर्षीय यी व्यक्तिले छ वर्षीया एक बालिकालाई बलात्कार गर्नुका साथै उनको हत्या गरेका थिए ।  शहरको पूर्वी भागमा छ वर्षीया जाइनाब फतिमा नाम गरेकी ती बालिकाको गत महिना बलात्कार र हत्या भएको थियो । 

फाँसीको सजाय पाएका ती व्यक्तिलाई पञ्जाव शहरमा कम्तीमा सात बालिकालाई आक्रमण गरेको र हत्या गरेको आरोप लागेको थियो । तीमध्ये पाँच बालबालिकाको हत्या गरेको आरोप उनीमाथि लागेको थियो । 

अलिलाई छुट्टाछुट्टै चार वटा आरोपको मृत्युदण्डको सजाय भएको थियो । जाइनाबको बलात्कार र हत्यालगायत अलिलाई आतङ्ककारीवादको समेत आरोप पञ्जाव प्रान्तका न्यायाधीश इहतेशाम कादिरले बताएका थिए ।  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै