• २०८१ बैशाख १५ शनिबार

४० प्रतिशत केन्द्रिय सदस्य नपुगेपछि पशुपतिशमसेर सर्वोच्च गए 

kharibot

काठमाडौँ । पार्टी फुटाउने प्रक्रियामा रहेका पशुपति शमसेर जबरा सर्वोच्च अदालत गएका छन् ।

यसअघि बुझाएको ४० प्रतिशत केन्द्रिय सदस्यको नामावलीकै आधारमा छुट्टै दल दर्ता गर्ने आदेशको माग गर्दै राणा सर्वोच्च गएका हुन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टि फुटाएर राप्रपा (प्रजातान्त्रिक) दर्ता गर्न राणाले साउन २२ गते निर्वाचन आयोगमा ६४ सांसदको हस्ताक्षर सहित निवेदन दिएका थिए ।

तर आयोगले ती हस्ताक्षर सनाखत गर्नुपर्ने भन्दै असार ४ गतेसम्मको अवधि दिएको थियो । आयोगको यहि निर्णय विरुद्ध राणा सर्वोच्च अदालत गएका हुन् । 

आफ्नो दललाई मान्यता दिन निर्वाचन आयोगलाई आदेश गरिपाउँ भन्दै राणापक्ष आज रिट दायर गरेको सर्वोच्च प्रवक्ता नारायण पन्थीले जानकारी दिएका छन्।  

रिटमा राप्रपा अध्यक्ष कमल थापाले आफ्नापक्षका केन्द्रिय सदस्यलाई समेत अपहरण शैलीमा लुकाएको उल्लेख गरिएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै