• २०८१ बैशाख १४ शुक्रबार

दाङको धनौरीमा खानेपानी आयोजना सञ्चालनमा 

kharibot

तुलसीपुर । दाङको शान्तिनगर गाउपालिका ५ धनौरीको बैशामा साढे २ करोडको लागतमा ५ सय घरधुरी लाभान्वीत हुनेगरी  खानेपानी आयोजना निर्माणकार्य सम्पन्न भएको छ । निर्माण कार्यमा २ वर्ष लागेको थियो । 

खानेपानी तथा  ढलनिकास विभागका योजना तथा बैदेशिक सहयोग समन्वय शाखा  प्रमुख अरुणकुमार सिम्खडा र नेपाल रेडक्रस सोसाइटीका कार्यबाहक अध्यक्ष अजीत शर्माले आयोजनाको तीन गते सँयुक्त समुद्घाटन गरेका छन् । 

एकलाख लिटर क्षमताको ओभरहेट टेङकी, पाइपलाईन लगायतका अन्य पुर्वाधारहरु तयार भएको र ५००  घरमा मिटर सहित निजि धारा जडान गरिने तयारी समाप्त भएको उद्घाटन कार्यक्रममा जानकारी दिइयो । 

नेपाल रेडक्रस सिइएचपी कार्यक्रमले १ करोड १८ लाख रुपैया,  खानेपानी डिभिजनले ५४ लाख रुपैया, साविक जिविसले २ लाख ४० हजार, धनौरी गाविसले १ लाख ५० हजार उपभोक्ताको  २ लाख ४९ हजार र ७३ लाख ९१ हजार बराबरको जनसहभागिताबाट आयोजना सम्पन्न भएको धनौरी खानेपानी समितिका सचिव टेकबहादुर पाण्डेले जानकारी दिए ।

 उपभोक्ता समितिका अध्यक्ष गिरिराज बस्नेतले भने - “खानेपानीको समस्या रहेका स्थानमा योजना निर्माण गरिएको र उपभोक्ताहरुले प्रत्यक्ष लाभ लिइरहेकोले आयोजना दीगो हुने छ ।”  

समुद्घाटन कार्यक्रममा वोल्दै अतिथि अरुणकुमार सिम्खडाले उपभोक्ताको सक्रियतामा बनेका योजनाहरु प्रभावकारी रहेको भन्दै धनौरी पनि एक नमुना योजनाको रुपमा रहेको वताए । रेडक्रसका कार्यबहाक अध्यक्ष अजीत शर्माले मानवीय सेवा अन्तरगत खानेपानीलाई पनि महत्व दिएर विभिन्न जिल्लामा खानेपानीका योजना निर्माण गरिएको वताए । उनले भने -“लाभान्वित वर्ग, सरकार र विभिन्न सँस्थासँगको सहकार्यमा विपद् र स्वास्थ्यको क्षेत्रमा रेडक्रस सदैव क्रियाशिल छ र यो एउटा अर्को उदारण बनेको छ । ” 

खानेपानी डिभिजन कार्यालयका प्रमुख चोक प्रसाद धिताल, शान्तीनगर गाउँपालिकाका अध्यक्ष कमानसिह डाँगी, रेडक्रसका जिल्ला सभापति नारायण आचार्य, केन्द्रीय सदस्य भगवती शर्मा, जिल्ला समन्वय समितिका सदस्य जग्तबहादुर बस्नेत खानेपानी डिभिजनका इन्जीनियर तिलक न्यौपाने जिल्ला खानेपानी सञ्जालका अध्यक्ष खेमराज वली लगायतकाले व्यक्तित्वहरुले आयोजनाको महत्वबारे प्रकाश पार्नुभएको रेडक्रसका सञ्चार प्रमुख दिव्यराज पौडेलले जानकारी दिए ।

कार्यक्रममा आयोजनालाई सहयोग गर्ने विभिन्न ब्यक्ति र निकायहरुलाई लाई सम्मान गरिएको थियो ।  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै