• २०८१ बैशाख १४ शुक्रबार

जनकपुरधामको सफाइ सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर

kharibot

फाइल तस्बिर

काठमाडौँ । जनकपुर उपमहानगरपालिका क्षेत्रमा सरसफाइ तथा आसपासका पोखरीको संवद्र्धन गर्ने उद्देश्यले ‘जनकपुरधाम सहलगानी डे«नेज आयोजना’ को सम्झौता पत्रमा आज यहाँ हस्ताक्षर भएको छ । 

सहलगानी खानेपानी तथा सरसफाइ आयोजनाका प्रमुख विद्यानाथ भट्टराई, जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख लालकिशोर साह र नगर विकास कोषका प्रमुख मनिराम सिंह महतले सो सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । 

आयोजनाले अगामी तीन वर्षभित्रमा सरसफाइका विश्वसनीय सुविधा विस्तार गर्ने, सोहीअनुसार भौतिक संरचना निर्माण गर्ने र त्यसपछिको व्यवस्थापन, नियमित मर्मतसम्भार तथा संचालन गर्ने सो सम्झौता पत्रमा उल्लेख छ । 

सो अवसरमा खानेपानी तथा सरसफाइमन्त्री महेन्द्र यादवले जनकपुर नेपालको ऐतिहासिक, धार्मिक र सांस्कृतिक महत्व बोकेको शहर भएकाले यस क्षेत्रको सरसफाइ तथा सुधार हुन आवश्यक रहेको बताए । 

खानेपानी तथा सरसफाइ मन्त्रालयका सचिव गजेन्द्रकुमार ठाकुरले उक्त सम्झौताले पोखरीको संवद्र्धन, सुलभ शौचालय तथा स्वास्थ्य वातावरण कायम हुन मद्दत पुग्ने बताए । 

जनकपुर उपमहानगरपालिकाका प्रमुख साहले उक्त आयोजनालाई मूर्त रुपमा दिन आफूले दिनरात मेहनत गर्ने प्रतिबद्वता व्यक्त गरे ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै