• २०८१ बैशाख १५ शनिबार

नयाँ शक्तिका असन्तुष्ट १५ नेताहरुद्वारा वृहत ध्रुविकरण संयोजन समिति गठन

kharibot

काठमाडौँ ।  नयाँ शक्ति पार्टीका असन्तुष्ट नेताहरुले वृहत ध्रुविकरण संयोजन समिति गठन गरेका छन् । 

बाबुराम भट्टराईसँग असन्तुष्ट रहेका १५ नेताले अग्रामी शक्तिहरुबीच व्यापक धुर्बिकरणको पहलकदमी र सक्रिय भूमिका निर्वाह गर्नका लागि भन्दै देवेन्द्र पौडेलको संयोजकत्वमा ध्रुविकरण संयोजन समिति गठन गरेका छन् ।

समितिले निकट भविष्यमा राष्ट्रिय भेलाको आयोजना गरी नयाँ शक्ति पार्टी नेपालको राजनीतिक कार्यदिशासहितको प्रतिवेदन र घोषणापत्र जारी गर्ने जनाएका छन् । 

असन्तुष्ट नेताहरुले पार्टीका संयोजक बाबुराम भट्टराई मार्फत अबको राजनीतिक गन्तव्य र कार्यदिशा स्पष्ट हुनुपर्ने विषयमा मौखिक र लिखित सुझावहरु पार्टीमा पठाइएको र छलफलका लागि प्रयन्त गर्दा समेत आलटाल गर्दे राजनीतिक कार्यदिशा स्पस्ट गर्ने विषयमा पार्टी नेतृत्व गम्भीर नभएको कारण आफूहरु यस्तो कदम चाल्न बाध्य भएको जनाएका छन् । 

कार्यदिशा स्पष्ट गर्ने विषयमा पार्टी संयोजक गम्भीर नभएको बरु आफूहरुले असहमती राख्दा स्पष्टीकरण सोधेको भन्दै उनीहरुले आक्रोश पोखेका छन् ।  

ध्रुविकरण केन्द्रिय संयोजन समितिमा तर्फबाट देवेन्द्र पौडेल, बामदेव क्षेत्री, कुमार पौडेल, महेन्द्र पासवान, मुक्ति प्रधान, पासाङ सेर्पालगायतका नेता छन् । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै