नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुदाँ १९ जना घाइते

खरीबोट
ad

गौर । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँदा १९ जना घाइते भएका छन् । 

विश्रामपुरमा रहेको नगरपालिकाको केन्द्र अन्य ठाउँमा सार्न लागिएको भन्दै स्थानीयवासीले नगरपालिकाको कार्यालय तोडफोड गर्न थालेपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले २१ राउण्ड अश्रुग्यास प्रहार गर्नुपरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रामकुमार दानीले बताए । 

झडपमा परी नेपाल प्रहरी र सशस्त्र प्रहरीका १६ र तीन स्थानीयवासी घाइते भएका छन् । 

नगरपालिकाको कार्यालय विश्रामपुरबाट साविक सबै गाविसको केन्द्रबिन्दु चमनपुरमा सार्न कार्यपालिकाको बैठक बसिरहेको समयमा विश्रामपुरका स्थानीयवासीले बैठककक्षमै प्रवेश गरी अवरोध गर्न खोजेपछि झडप शुरु भएकोे प्रहरी निरीक्षक थापाले बताए । 

स्थानीयवासीले बैठकमा बसेका महिला तथा पदाधिकारीमाथि हातपात समेत गरेको नगर प्रमुख रामस्नेही यादवले बताए । स्थानीयवासीको आक्रमणबाट पचासभन्दा बढी कुर्सी, झ्यालका सिसा, नगरपालिकाको निर्णय पुस्तिका नष्ट भएको नगर प्रमुख यादवले बताए । 

स्थानीयवासी रामनाथ सहनीले कुनैपनि हालतमा नगरपालिकाको केन्द्र सार्न नदिने बताउनुभयो । नगरपालिकाको कार्यालय यथास्थानमै रहनुपर्ने माग गर्दै स्थानीयवासीले कार्यालय सार्ने निर्णय फिर्ता लिनुपर्ने माग गरेका छन् । 

सम्बन्धित समाचार

यातायातका कर्मचारी अख्तियारको नियन्त्रणमा

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था विभाग ललितपुरमा कार्यरत चार जनालाई नियन्त्रणमा लिएको छ ।  आयोगका प्रवक्ता दीर्घराज मैनालीकाअनुसार सवारी चालक अनुमतिपत्रको ट्रायल परीक्षामा उर्तीण गराइदिने भन्दै सेवाग्राहीसँग पैसा लिने प्रहरी

खानेपानी मन्त्रालयको प्राथमिकता : चुहावट नियन्त्रण र बक्यौता असुल

काठमाडौँ । सरकारले काठमाडौँ उपत्यकामा वितरण भइरहेको पानी वितरण व्यवस्थित बनाउँदै चुहावाट नियन्त्रणलाई विशेष ध्यान दिने भएको छ ।  मेलम्ची खानेपानी आयोजनाको पानी नआउँदासम्म भएको स्रोतबाट नै काठमाडौँ उपत्यकावासीलाई सहजरुपमा पानी

सुर्खेतमा ‘एरिया मदिरा नियन्त्रण अपरेशन’

सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा नेपाल प्रहरीले ‘एरिया मदिरा नियन्त्रण अपरेसन’ सञ्चालन गरेको छ ।  जिल्ला प्रहरी कार्यालय सुर्खेत र मातहतका प्रहरी युनिटमा कार्यरत नेपाल प्रहरीले ६ महिनादेखि अपरेशन थालेको

महिलाको मृत्यु भएपछि मेडिकल सञ्चालक र चिकित्सक नियन्त्रणमा

तुलसीपुर, दाङ ।  तुलसीपुरमा रहेको ज्योति मेडिकलमा उपचारगर्नका लागि सामान्य अवस्थामा आएकी महिलाको बुधबार उपचारका क्रममा मृत्यु भएपछि इलाका प्रहरी कार्यालय, तुलसीपुरले मेडिकल सञ्चालक र चिकित्सकलाई नियन्त्रणमा लिएको छ ।  तुलसीपुर उपमहानगरपालिका–७ निवासी

Loading...

Loading...