प्रदेश नं १ को उपसभामुख पदमा माओवादी केन्द्रकी सरस्वती पोखरेल निर्विरोध

खरीबोट

विराटनगर । प्रदेश नं १ को उपसभामुख पदमा बुधबार एकल उम्मेदवारी दर्ता भएको छ । नेकपा माओवादी केन्द्र की प्रदेशसभा सदस्य सरस्वती पोखरेलले बुधबार प्रदेश सचिवालयमा दिउँसो आफ्नो मनोनयनपत्र दर्ता गराइन् । 

उनको प्रस्तावकमा प्रदेशसभा सदस्य रामकुमार राई र समर्थकमा इन्द्रमणि पोखरेल रहेको प्रदेश सचिवालयले जनाएको छ । सुनसरी जिल्लाबाट समानुपातिकबाट प्रदेशसभा सदस्य भएकी पोखरेल नेकपा माओवादी केन्द्रको पोलिटब्यूरो सदस्य हुन् । 
 

सम्बन्धित समाचार

प्रदेश ५ को उपसभामुखमा वाम गठबन्धन र काँग्रेसको उम्मेदवारी

बुटवल ।  प्रदेश नं ५ को उपसभामुख पदका लागि आज नेपाली काँग्रेसकी रिना खनाल विकले पनि उम्मेदवारी दर्ता गराएकी छन् । काँग्रेसले अन्य प्रदेशसभा सभामुखसँगै उपसभामुख पनि उम्मेदवारी दिएको थिएन । तर प्रदेश नं

प्रदेश नं १ को उपसभामुखमा सरस्वती पोखरेल

विराटनगर / प्रदेश नं १ को उपसभामुख पदका एकल उम्मेदवार सरस्वती पोखरेललाई प्रदेश सांसदको बैठकले सर्वसम्मत अनुमोदन गरेको छ ।  संसद्को आजको बैठकमा उनको नाम अनमोदनका लागि प्रस्ताव टेबुल भएको थियो

प्रदेश नं १ को उपसभामुख पदमा माओवादी केन्द्रकी सरस्वती पोखरेल निर्विरोध

विराटनगर । प्रदेश नं १ को उपसभामुख पदमा बुधबार एकल उम्मेदवारी दर्ता भएको छ । नेकपा माओवादी केन्द्र की प्रदेशसभा सदस्य सरस्वती पोखरेलले बुधबार प्रदेश सचिवालयमा दिउँसो आफ्नो मनोनयनपत्र दर्ता गराइन्

प्रदेश नं. ३ को उपसभामुखमा तामाङ निर्विरोध

हेटौँडा । प्रदेश नं ३ प्रदेशसभा उपसभामुखका लागि प्रदेशसभा सदस्य राधिका तामाङको एक मात्र उम्मेदवारी दर्ता भएको छ ।  उपसभामुख पदको प्रस्तावकमा नेकपा एमाले संसदीय दलका नेता डोरमणि पौडेल र नेकपा