पश्चिमी वायुले देशैभर मौसममा बदली

खरीबोट

म्याग्दीको धौलागिरि गाउँपालिका–१ गुर्जामा सोमबार राती परेको हिमपातपछि मंगलबार विहान देखिएको सेताम्मे गाउँ । तस्बिर : रासस

काठमाडौँ / पश्चिमी वायुको प्रभावका कारण आज काठमाडौँसहित देशैभर मौसम बदली तथा अधिकांश स्थानमा वर्षा भएको छ । 

उक्त वायुको प्रभावले देशैभर बदली हुनाका साथै पूर्व र पश्चिमी भेगमा हल्का वर्षात् भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमी न्यून चापीय प्रणाली क्रमशः पूर्वतिर सर्दै गएकाले बुधबारदेखि मौसममा सुधार आउने मौसमविद् वरुण पौडेलले जानकारी दिए । 

काठमाडौँमा आज बिहानीपख हल्का वर्षा भएको थियो । मौसममा आएको बदलीका कारण राजधानीमा बढी चिसो महसुस गरिएको छ । महाशाखाको पछिल्लो विवरणअनुसार जुम्लामा २९, सुर्खेतमा १८, डडेल्धुरामा १२, दाङमा १२, दिपायलमा नौ, बाँकेमा आठ, धनगढी र भैरहवामा चार चार तथा पोखरा र काठमाडौँमा दुई दुई मिलिमिटर वर्षात् भएको छ । 

काठमाडौँको अधिकतम तापक्रम २० र न्यूनतम आठ डिग्री सेल्सियस रहेको छ । सबैभन्दा कम जुम्लामा ऋणात्मक ३.९ र सबैभन्दा बढी सिमरामा १२ डिग्री सेल्सियस रहेको महाशाखाले जनाएको छ । 

सम्बन्धित समाचार

बदलिँदो मौसममा सावधानी अपनाउनुहोस्, शरीरलाई तन्दरुस्त राख्नुहोस् !  

स्वास्थ्य । मौसम बदलिएसँगै हावामा प्रदूषणको समस्या पनि बढिरहेको छ । कहिले गर्मी त कहिले सर्दीको मौसम परिवर्तनको कारण मानिसहरु बिरामी परिरहेका छन् । मौसममा आफ्नो ध्यान राख्ने गर्नुपर्दछ ।  पटक

पश्चिमी वायुले देशैभर मौसममा बदली

काठमाडौँ / पश्चिमी वायुको प्रभावका कारण आज काठमाडौँसहित देशैभर मौसम बदली तथा अधिकांश स्थानमा वर्षा भएको छ ।  उक्त वायुको प्रभावले देशैभर बदली हुनाका साथै पूर्व र पश्चिमी भेगमा हल्का वर्षात्

छिटफुट वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । उत्तर पश्चिम वायुको प्रभावका कारण आज पनि देशका विभिन्न भागमा बाक्लो तुवाँलो लागेको छ ।  उक्त वायुको प्रभावसँगै केही जलवास्पयुक्त हावाको समिश्रणले धुलोका कण तैरिएका कारण तुवाँलो लागेको मौसम

काठमाडौं उपत्यकासहित देशका विभिन्न ठाउमा विहानैदेखि वर्षा र हिमपात

काठमाडौँ । काठमाडौं उपत्यकामा बुधबार बिहानैदेखि पानी परेको छ ।  जल तथा मौसम विज्ञान विभागले अफगानिस्तान, पाकिस्तान र भारत हुदै पश्चिम नेपालबाट पश्चिमी न्यूनचापीय प्रणाली नेपाल प्रवेश गरेको जानकारी दिदै आज दिनभर देशभरीकै