• २०८१ बैशाख १४ शुक्रबार

सेयरबजार ओरालो झर्दै, आज तीन समूहले कमाउँदा सात समूहले गुुमाए 

kharibot

काठमाडौं । लगातार घट्दै आएको नेप्सेले आज पनि निरन्तरता पाएको छ । आज सोमबार पनि नेप्से सूचक तथा कारोवार रकम दुुबै नै घटेका छन् । नेप्से चार दशमलव ४२ अंकलेघ घटेर १३ सय ८० दशमलव २९ विन्दुुमा झर्दा सेन्सिटिभ शुन्य दशमलव ७४ अंंकले घटेर दुुई सय ९२ दशमलव सात विन्दुुमा झरेको छ ।

 कुल एक सय ५६ कम्पनीहरुको तीन हजार चार सय ४० वटा कारोवारमा छ लाख ८४ हजार २८ कित्ता सेयर खरिद बिक्री भएका छन् । उक्त परिमाणमा सेयर खरिद बिक्री हुंदा कारोवार रकम २४ करोड ६७ लाख छ हजार सात सय ८१ रुपैयाँ पुुगेको छ । 

आज १० वटा समूहको कारोवार भएकोमा सात वटा समूहको कारोवार सूचक घटेर तीन वटा समूहको सूचक सामान्य अंकले बढेको छ । उच्च अंकले घटेको बीमा समूहको सूचक ७३ दशमलव सात अंकले घटेर छ हजार नौ सय ५३ दशमलव १७ विन्दुुमा झर्दा चार करोड ३६ लाख ९९ हजार सात सय रुपैयाँको सेयर खरिद बिक्री भएको छ ।

वाणिज्य बैंक समूहको सूचक पनि चार अंकले घटेर १२ सय पाँच दशमलव ३८ विन्दुुमा झर्दा ११ करोड १६ लाख ३८ हजार रुपैयाँको सेयर खरिद बिक्री भएको छ । जलविद्युुत समूहको सूचक पनि आज एक दशमलव ७४ अंकले घटेर १७ सय ५६ दशमलव १३ विन्दुुमा झर्दा एक करोड २२ लाख ७६ हजार दु्ई सय रुपैयाँको सेयर खरिद बिक्री भएको छ । फाइनान्स, होटल, उत्पादनमूलक र लघुुवित्त समूहको सूचक पनि आज घटेका छन् ।

विकास बैंक समूहको सूचक भने आज छ दशमलव ७६ अंकले बढेर १५ सय ७० दशमलव ६१ विन्दुुमा चढ्दा एक करोड आठ लाख ३७ हजार चार सय रुपैयाँको सेयर खरिद बिक्री एको छ । यसैगरी अन्य र ट्रेडिङ समूहको सूचकमा पनि आज क्रमश तीन दशमलव ९९ र दुुई दशमलव २३ अंकले सुधार आएको छ ।

आज बढी कमाउने कम्पनीको सुचीमा परेको साल्ट ट्रेडिङ कर्पोरेसनको सेयर मूल्य १० रुपैयाँले बढेर तीन सय आठ रुपैयाँमा सेयर कारोवार भएको छ भने बढी गुुमाउने कम्पनीको सुचीमा परेको दिव्येश्वरी हाईड्रो पावर कम्पनीको सेयर मूल्य पाँच रुपैयाँ ४७ पैसाले घटेर एक सय ३८ रुपैयाँमा कारोवार भएको छ ।

रकम कारोवारका आधारमा अग्रस्थानमा परेको सिद्धार्थ बैंकको संस्थापक सेयरतर्फ एक सय ९५ रुपैयाँ अन्तिम मूल्यमा एक करोड ७४ लाख ३७ हजार ९५ रुपैयाँको सेय कारोवार भएको छ ।

यसैगरी नेपाल बैंकको पनि आज तीन सय ४५ रुपैयाँ अन्तिम मूल्यमा एक करोड २० लाख ७४ हजार दुुई सय चार रुपैयाँको सेयर कारोवार भएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै