विवाहको अघिल्लो दिनदेखी नै बालकृष्ण खरेल बेपत्ता

खरीबोट

नवलपरासी । नवलपरासी बर्दघाट–सुस्ता पूर्व  रजहरबाट बेपत्ता भएका युवा बालकृष्ण खरेलको अवस्था अझै सार्वजनिक हुन सकेको छैन । 

गत माघ २२ गते मध्यरात १२ बजेपछि आफ्नै घरबाट बेपत्ता भएका खरेलको एक साता बितिसक्दा पनि कुनै पत्ता नलागेपछि खरेल एकाएक बेपता हुनुलाई निकै आचर्यका रुपमा लिइएको छ ।

बेपत्ता भएका खरेलको कसैसँग रिस राग समेत नभएको पारिवारिक स्रोतले जनाएको छ । २८ वर्षीय युवा खरेल विगत ९ वर्षदेखि वैदेशिक रोजगारीका क्रममा स्पेनमा रहँदै आएका थिए । करिब दुई महिनाअघि मात्र प्रवासबाट घर फर्किएका उनको भोलिपल्ट विवाहको कार्यक्रम रहेको थियो । 

बेपत्ता खरेलको खोजीका लागि उनका आफन्त, अमरापुरीका स्थानीयवासीले स्थानीय प्रशासनसहित सबै सरोकारवालालाई अपिल गरेका छन् । आफ्नो निकटतम साथी घरैबाट एकाएक बेपत्ता भएपछि स्थानीय युवाहरुसहित सिंगो अमरापुरी अहिले चिन्ताग्रस्त भएको छ ।

अत्यन्तै मिलनसार र अनुशासित युबा खरेललाई अविलम्ब खोजी गरी घर फर्काउन समेत स्थानीयवासीले माग गरेका छन् ।

सम्बन्धित समाचार

पूर्वी नवलपरासीको पहाडी सडकखण्डमा जोखिमपूर्ण यात्रा

नवलपरासी । पूर्वी नवलपरासीको पहाडी सडकखण्ड दलदले–बुलिङटार र कालीगण्डकी कोरिडोर सडकखण्डमा यात्रुहरु जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् । वर्षाको समयमा पहाडी क्षेत्रका अधिकांश सडक बिग्रिएपछि यात्रा गर्न जोखिम हुने भएकाले पहाडी

पूर्वी नवलपरासीमा दुर्घटनामा परी दुईको मृत्यु

नवलपरासी। पूर्वपश्चिम राजमार्गअन्तर्गत पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका–१ मा शनिबार भएको सवारी दुर्घटनामा परी दुईको मृत्यु भएको छ ।  दुर्घटनामा परी मृत्यु हुनेमा प्यूठानको लिवाङ–८ घर भई हाल पूर्वी नवलपरासी कावासोती

प्रतिबन्धित लागुऔषधसहित तीन जना पक्राउ

नवलपरासी। पूर्वी नवलपरासीको बिनयी त्रिवेणी गाउँपालिका–७ बाट प्रतिबन्धित लागुऔषधसहित तीन जना युवालाई आज प्रहरीले पक्राउ गरेको छ ।  भारतबाट नेपाल भित्र्याउँदै गरिएका विभिन्न प्रकारका लागुऔषधसहित उनीहरुलाई रङ्गेहात पक्राउ गरिएको सशस्त्र प्रहरी

नवलपरासीमा ३ गतेदेखि हराएका बालक अझै भेटिएनन

नवलपरासी / पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका वडा नं ७ जगरनाथपुरबाट एक बालक हराएका छन् । स्थानीय भोला चौधरीका छोरा १४ वर्षीय हेमनरायण चौधरी भन्ने भुल्लन चौधरी गत साउन ३ गतेबाट