कप्तान खड्काको विष्फोटक ब्याटिङपछि यूएईविरुद्ध नेपाल चार विकेटले विजयी 

खरीबोट

काठमाडौं । नामिबियामा जारी विश्व क्रिकेट लिग डिभिजन २ अन्तर्गत आज भएको यूएईविरुद्धको खेलमा नेपाल ४ विकेटले विजयी भएको छ । दोस्रो खेल ओमानसँग हारे पनि नेपाल तेस्रो खेलमा यूएईलाई हराउन सफल भएको हो । नेपालले २८.५ ओभरमै युएईले दिएको ११५ रनको लक्ष्य पार गरेको हो । 

कप्तान पारस खड्काले विष्फोटक ब्याटिंग गर्दै अर्धशतक प्रहार गरेपछि नेपालको जितको आधार तय भएको थियो । आक्रामक ब्याटिंग गर्ने क्रममा कप्तान खड्काले पाँच छक्का र दुई चौकाको मद्दतमा ४८ बलमा ५१ रन बनाई अर्धशतकीय पारी खेले । त्यस्तै आरिफ शेखले ३३ बलमा १६ रन बटुलेका थिए भने आरके पौडेल र सोमपाल कामीले क्रमशः १२ र १० रन जोडे । 

उनी अमिर हायातको बलमा क्याचआउट भएका थिए । नामिबियाको विन्डहोक मैदानमा भएको खेलमा नेपालले टस जितेर फिल्डिंग रोजेपछि यूएईले पहिला ब्याटिंग गरेको थियो । सो क्रममा यूएईलाई नेपाली बलरहरुले कसिलो बलिंग गर्दै ११४ रनमै समेटिदिएका थिए । नेपालका बलरहरु सोमपाल कामीले ४, सन्दिप लामिछानेले ३, पारस खड्काले २ तथा करण केसीले १ विकेट लिएका थिए । 

यूएईका मोहम्मद नाविद र अमिर हायातले २, २ तथा रोहन मुस्ताफाले १ विकेट लिए । 

पारस खड्का जमे पनि उपकप्तान ज्ञानेन्द्र मल्ल ११ बल  खेल्दै पाँच रन बनाएर आउट भएका थिए भने दिलिप नाथ नौ बलमा २ रन, दिपेन्द्र सिंह ऐरी १३ बलमा ४ रन, शरद भेषवाकर १३ बलमा ३ रन बनाएर सस्तैमा आउट हुन पुग्दा नेपाल दबाबमा परेको थियो । 

सम्बन्धित समाचार

नेपाल ग्यासकोे ग्यास कम्पोजिट सिलिण्डर बजारमा

काठमाडौं । पुरानो ग्यास कम्पनी नेपाल ग्यास उद्योगले नयाँ प्रविधिको कम्पोजिट सिलिण्डर बजारमा ल्याएको छ । होटल राडिसनमा आयोजना गरिएको समारोहबीच सोमबार उक्त सिलिण्डरको बिक्री प्रवद्र्धन समुद्घाटन उद्योग, वाणिज्य तथा

नेपाली टोली श्रीलङ्का प्रस्थान, कप्तान पारस भन्छन्- 'लक्ष्य भारत र पाकिस्तानसँग खेल्ने हो'

काठमाडौँ। यही भदौ ११ देखि २२ गतेसम्म मलेसियामा हुने एशिया कप क्रिकेट प्रतियोगिताको छनोट खेल खेल्ने नेपाली क्रिकेट टोली आज श्रीलङ्का प्रस्थान गरेको छ ।  नेपाली टोलीले श्रीलङ्कामा रहँदा त्यहाँको तीन

नेपाल र चीनबीचको ऊर्जा समझदारी कार्यान्वयन शुरु

काठमाडौँ । नेपाल सरकारले मित्रराष्ट्र चीनसँग भएको ऊर्जा आदानप्रदान तथा द्विपक्षीय सम्झौता कार्यान्वयन प्रक्रिया शुरु गरेको छ । नेपालको ऊर्जा क्षेत्रमा विदेशी लगानी भित्र्याउने लक्ष्यसाथ सरकारले चीन, भारत र पछिल्लो पटक

फ्रान्सका लागि नेपालका पूर्वराजदूत केशव झाको हत्या

काठमाडौँ। फ्रान्सका लागि नेपालका पूर्वराजदूत केशव झाको हत्या भएको छ। काठमाडौंको बबरमहलस्थित आफ्नै निवासमा धारिलो चक्कु प्रहारबाट उनको हत्या भएको प्रहरीले जनाएको छ।  सिंहका अनुसार झा सोमबार बिहान आफ्नै कोठामा घाँटी रेटिएको