• २०८१ बैशाख ८ शनिबार

संयुक्त राष्ट्रसंघद्वारा अफगानिस्तानमा खटाएका दुई विदेशी पत्रकार काबुलमा पक्राउ

kharibot

पूर्व बीबीसी संवाददाता एन्ड्रु नर्थ

काबुल । संयुक्त राष्ट्र संघीय शरणार्थी एजेन्सीको कार्यभारमा रहेका दुई अन्तर्राष्ट्रिय पत्रकारलाई अफगानिस्तानको राजधानीमा पक्राउ गरिएको युएनएचसीआरले शुक्रबार जनाएको छ ।

“यूएनएचसीआर र उनीहरूसँग काम गरिरहेका अफगान नागरिकहरूसँग काम गरिरहेका दुई पत्रकारलाई काबुलमा थुनिएको हो ।

“हामी अरुसँग समन्वय गरेर परिस्थितिको समाधानका लागि प्रयास गरिरहेका छौं,” यूएनएचसीआरले ट्वीटमार्फत् उनीहरूको रिहाईका लागि गरेको प्रयासबारे बताएको छ । 

ती पत्रकारमध्ये एक बेलायती पूर्व बीबीसी संवाददाता एन्ड्रु नर्थ रहेका छन् । उनले करिब दुई दशकदेखि बीबीसीका लागि अफगानिस्तानबारे समाचार लेख्दै आएका थिए । युद्धग्रस्त अफगानिस्तानमा उनी निरन्तर यात्रा समस्याको समाचारमार्फत् उजागर गर्दै आएका थिए । 

“एन्ड्रुले अफगानिस्तानका जनतालाई मानवीय सहयोग पुर्याउने कार्यमा युएनएचसीआरका लागि काम गर्दै काबुलमा रहनुभएको थियो,” उनकी पत्नी नतालिया एन्टेलाभाले ट्वीटमा उल्लेख गरेकी छन् । 

“हामी उहाँको सुरक्षाको लागि अत्यन्तै चिन्तित छौं र प्रभाव भएका जोसुकैलाई पनि उहाँको सुरक्षित रिहाई गर्न पहल थाल्न आह्वान गर्दछौं ।”

यसमा तालिवान अधिकारीहरूको कुनै पनि सम्लग्नताबारे तालिवान सरकारका प्रवक्ता मुजाहिदले अस्वीकार गरेका छन् । 

तालिबान सरकारका प्रवक्ता जाबिहुल्लाह मुजाहिदले अधिकारीहरूले यस मामिलामा छानबिन गरिरहेको बताएका छन् । 

मुजाहिदले भने, “हामीले यसबारे जानकारी प्राप्त गरेका छौं र उनीहरूलाई थुनामा राखिएको छ कि छैन पक्का गर्ने प्रयास गरिरहेका छौं ।”

तालिबानको अफगानिस्तानको सत्तामा बहिर्गमनपछि उनीहरूले महिला विरोध प्रदर्शनलाई बलपूर्वक दबाउने गरेको, आलोचकहरूलाई पक्राउ गर्ने दुरूत्साहन गर्ने र धेरै पत्रकारहरूलाई सजायँ दिँनेजस्ता उपायमार्फत् मतभेदलाई दमन गरेका छन् । 

दुई जना अफगान पत्रकारलाई रिहा हुनुभन्दा केही दिनअघि यस महिनाको केही दिन हिरासतमा राखिएको थियो ।

तालिबान विरोधी प्रदर्शनहरूमा भाग लिएपछि गत महिनादेखि चार जना महिला प्रदर्शनकारी हराइरहेका छन् ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै