• २०८१ बैशाख १३ बिहीबार

प्यूठानमा विवाहको जिप दुर्घटना, ६ जनाको मृत्यु

kharibot

प्रतिनिधि तस्बीर

प्युठान । प्यूठानमा विवाहमा गएर फर्किदै गरेको जिप दुर्घटना भएको छ ।

जिल्ला प्रहरी कार्यालय प्युठानका अनुसार बेहुली लिएर फर्किदै गरेको जिप दुर्घटनामा परि ६ जनाको मृत्यु भएको छ भने बेहुलासहित ७ जना गम्भीर घाइते भएका छन् ।

नौबहिनी गाउँपालिकाको लुङबाट बेहुली लिएर गौमुखी गाउँपालिकाको लिवाङ जाँदै गरेको ग १ ज ५०९२ नम्बर को जिप ओखरपाटामा शनिबार बिहान ३ बजे दुर्घटनामा परेको थियो ।

जिल्ला प्रहरी कार्यालय प्यूठानका अनुसार दुर्घटनामा घाइते भएकालाई जिल्ला अस्पताल पुर्‍याइएको छ । 

जिप सडकदेखि ३०० मिटर तल खोल्सामा खसेको बताइएको छ । दुर्घटनाको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले बताएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै