• २०८१ बैशाख ७ शुक्रबार

नेपालमा २४ घण्टामा ६ जनाको मृत्यु, ४ हजार ९०४ संक्रमित थपिए

kharibot

काठमाडौँ । नेपालमा थप ४ हजार ९०४ जनामा कोरोना पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा देशभर पिसिआरबाट कुल ३ हजार ३१८ र एन्टीजेन परिक्षणबाट १५८६ गरि कुल ४ हजार ९०४ जना संक्रमित थपिएको जानकारी दिएको हो ।

त्यस्तै पछिल्लो २४ घण्टामा ५९२४ जना संक्रमण मुक्त भएका छन् । नेपालमा कोरोना निको हुने प्रतिशत ८९.५ रहेको मन्त्रालयले जनाएको छ ।

देशभर अहिले १३९  जना क्वारेन्टाइनमा छन् । त्यस्तै पछिल्लो २४ घण्टामा १० हजार १०१ पिसिआर र ४४६१ नमुना एन्टीजेन परिक्षण गरि कुल १४ हजार ५६२ जनाको परीक्षण भएको मन्त्रालयले जानकारी दिएको छ ।

नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या ८७ हजार ३२९ पुगेका छन् । त्यस्तै आइसीयुमा २८६ जना छन् भने देशभर ४७ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

त्यस्तै संस्थागत आइसोलेसनमा १६९३ जना छन् भने होम आइसोलेसनमा ८५ हजार ६३६ जना रहेका छन् ।

पछिल्लो २४ घण्टामा कोरोनाबाट ६ जनाको मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ । नेपालमा कोरोनाबाट अहिलेसम्म मृत्यु हुनेको संख्या ११ हजार ७०३ पुगेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै